इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्डविरुद्ध लड्न रवि लामिछाने तयार !

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो चुनावमा कस्तो नतिजा ल्याउला ? धेरैलाई चासो छ । योभन्दा बढी चासो छ रवि आफैं कहाँबाट लड्लान् र हार्लान् कि जित्लान् ? पार्टी गठनलगत्तै देश दौडाहा सुरु गरेका रविले देशका सातैवटा प्रदेशमा भेला आयोजना गरेर आफ्नो नाडी आफैंले छामिसकेका छन् । अहिलेको लहरलाई हेर्दा समानुपातिकतर्फ राम्रो नतिजा ल्याउन सक्ने उनको आत्मविश्लेषण छ । प्रत्यक्षतर्फ भने उनी स्वयमले धेरै आशा राखेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय दल बन्नका लागि समानुपातिकमा कम्तीमा ३ प्रतिशत मतका साथै प्रत्यक्षमा कम्तिमा एक सिट अनिवार्य जित्नुपर्छ । समानुपातिकमा ३ प्रतिशत वा सोभन्दा बढी भोट आएर प्रत्यक्षमा एक सिट पनि नजित्दा, समानुपातिकतर्फ सिट प्राप्त गर्ने ढोका त खुल्छ, तर राष्ट्रिय पार्टी बन्ने मौका गुम्छ । त्यसैले, राष्ट्रिय स्वतन्त्र पार्टीलाई राष्ट्रिय पार्टीका रुपमा स्थापित गर्न पनि रविमाथि कम्तीमा आफूले चुनाव जित्नुपर्ने दवाव छ । पार्टीमा उनीपछि अर्को ‘फिगर’ अहिलेसम्म देखिएको छैन, जसले प्रत्यक्षमा जित्ने ल्याकत राखुन् । रवि भने जहाँबाट उठ्दा पनि जित्न सक्ने आत्मविश्वास सो पार्टीभित्र बढ्दो छ । उनले एक सिट प्रत्यक्षमा जिते भने राष्ट्रिय पार्टी बन्ने ढोका खुल्न सक्छ । त्यसैले, उनको जित पार्टीको भविष्यमा निम्ति अपरिहार्यजस्तै छ । निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै गए पनि रविले कहाँबाट लड्ने भन्ने निधो गरिसकेका छैनन् । पार्टी स्रोतका अनुसार उनको सबैभन्दा पहिलो प्राथमिकता भने चितवन हो । त्यसमा पनि चितवन–३, जहाँबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिने अनौपचारिक घोषणा गरिसकेका छन् । लामो समयदेखि चितवन–३ मा मतदाता प्रभावित पार्न प्रचण्डले राजनीतिक र आर्थिक सबै प्रयास खन्याइरहेका छन् । उनकी छोरी रेणु दाहाल भरतपुर महानगरकी मेयर हुन्, जुन चितवन–३ अन्तर्गत नै पर्छ । यस क्षेत्रमा माओवादीले रेनुलाई बुबाको चुनावी कमाण्डरसमेत तोकिसकेको छ । अर्कोतर्फ प्रचण्डलाई सत्तारुढ गठवन्धनको समर्थन हुनेछ । कांग्रेस कार्यकर्ताले ‘माथि’को मिलेमतो स्वीकार्दै इमान्दारिपूर्वक हँसिया हतौडामा भोट हाले प्रचण्डको जित कठिन छैन । तर, रविमा भने प्रचण्डलाई पन्छाएर संसदमा आफ्नो स्थान बनाउने महत्वाकांक्षा बढ्दो छ । यो एकप्रकारले उनका लागि राजनीतिक जुवा पनि हो । रविले चितवन–३ बाट लड्न चाहनुका मुख्य दुई कारण छन् । पहिलो–त्यहाँ आफ्नो पार्टीका पक्षमा उनले देखेको माहोल । दोस्रो–‘टेस्टेड एन्ड फेल्ड’ भइसकेका पूर्वप्रधानमन्त्रीहरुमध्ये एकजनालाई चुनौती दिने हुटहुटी । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमध्ये एकजनालाई हराएर आफूलाई प्रुफ गर्न उत्साही बनेका छन् रवि । त्यसमा पनि धेरै समर्थकहरुले चितवन रोज्न आग्रह गरिरहेका छन् । पार्टीबाहिरका शुभेच्छुकहरुको ठूलो संख्या पनि प्रचण्डविरुद्ध रवि उठेको हेर्न आतुर छ । राजनीतिक सनसनी उत्पन्न गरेर आफ्नो पार्टीलाई चाँडै जनतामाझ स्थापित गराउनु पनि रविको अर्को उद्देश्य हो । आफू हार्नसक्ने जोखिम मोलेर ‘पार्टी जिताउने’ उनले बताइरहेका छन् । यद्यपि, पार्टीभित्रको कोर टिम भने उनीसँग कन्भिन्स छैन । एक केन्द्रीय सदस्य भन्छन्, ‘अहिले हाम्रो पार्टीलाई संसदमा पुर्याउने अभिभारा उहाँकै काँधमा छ । चुनावी अभियानका क्रममा पनि उहाँले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुन सक्ने अवस्था छैन । तर, प्रचण्डविरुद्ध उम्मेदवारी दिनुभयो भने त्यही क्षेत्रमा धेरै समय दिनुपर्ने हुन्छ र अन्यत्र हिँड्न पाउनुहुन्न । त्यही भएर सकभर काठमाडौंमै उम्मेदवारी दिन केही नेताहरुले सुझाव दिइरहनुभएको छ । काठमाडौंमा लड्नुभयो भने अन्य जिल्लाहरुमा आउजाउ गर्न पनि सजिलो हुन्छ ।’ रविको मतदाता नामावली काठमाडौंको ३ नम्बर क्षेत्रमा छ । उनले सुरुमा यही आफ्नै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने मनसाय बनाएका थिए । तर, आफ्नै दाजु हरिशरण लामिछानेले यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेपछि उनी अलमलमा परे । त्यसयता रवि अनिर्णित बनेका छन् । प्रचण्डविरुद्ध लड्ने मनस्थिति परिवर्तन गरेको खण्डमा उनले काठमाडौंको २, ३ वा ५ नम्बरबाट उम्मेदवारी दिने सम्भावना रहेको स्रोत बताउँछ । नेपाल प्रेस

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क