इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले अब जनताले भोगेका समस्या सम्बोधन गरिने बताए । 'जनताले ठाउँ ठाउँमा पाइराखेका सास्ती र दुःखहरूलाई कम गराउन। राहदानीसम्बन्धी समस्या समाधान गर्न। लामा लामा लाइन र पीडा जुन देखिएका छन्। त्यसलाई समयभित्रै नियन्त्रण गर्ने र प्रभावकारी ढंगले जनतालाई सेवा दिन हामी केन्द्रित भएका छौं,' उनले भने। उनले देशमा थुप्रै जटिलता र चुनौतीहरू भएको भन्दै त्यसलाई समाधान गर्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताए। उनले नेपालकोफप अर्थतन्त्रको स्थितिलाई सुधार्नेतर्फ पनि संकल्प लिएको बताए। 'नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशामा छ। त्यसलाई सुधार्न प्रभावकारी उपाय खोजेर अगाडि बढ्ने संकल्प लिएका छौं। सुशासनतिर गम्भीर ढंगले अगाडि बढ्छौं,' उनले भने। उनले छिट्टै प्रतिनिधिसभा बैठक बोलाउने बताए। त्यसबारे मन्त्रिपरिषद् बैठकले निर्णयसमेत गरेको उनले बताए।  उनले निर्वाचनमा जस्तोसुकै परिणाम देखिए पनि सबैलाई समेटर सरकार बनाएको बताए। 'गएको निर्वाचनमा जस्तो प्रकृतिको परिणाम जस्तो देखियो। त्यसलाई समेटेर मन्त्रिपरिषद् बनाएको छ। यसले आशा पनि जगाएको छ,' उनले भने।  प्रचण्डले आज पदभार ग्रहण गर्दै सुशासन, सेवा प्रवाह र विकासका काममा दक्षता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सुदृढ गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क