इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रचण्ड लाइ फेरी पनि प्रधानमन्त्री बन्न अफर आयो !

काठमाडौं, १५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अहिलेपनि निर्वाचनको लागि प्रधानमन्त्री बन्नको लागि प्रस्ताव आएको खुलासा गरेका छन् । प्राइम टिभीको पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष साक्षात्कारमा पत्रकार ऋषि धमलासँग बोल्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन् । तर, आफू पाँच दलीय गठबन्धनकै पक्षमा रहेको पनि उनको दाबी छ । उनले गणतन्त्रको १५ वर्षको यात्रामा नेपालले समावेशी चरित्रको संविधान पाएको र अहिले संविधान कार्यान्वयनको दिशातर्फ मुलुक अघि बढिरहेको सुनाउँदै खुशी व्यक्त गरे । उनले संघीयता अहिले तल्लो तहसम्म कार्यान्वयन भएको र जनताले घरमै सुविधा लिएको सुनाए । पछिल्लो समय मुलुकमा विकास निर्माणले पनि गति लिन थालेको दाहालको भनाई थियो । उनले आजमात्रै संसद्मा पेश गरिएको बजेटले जनतामा नयाँ आशा जगाउने विश्वास दिलाए । उनले मुलुक विकासको लागि सबै दलहरुबीच सहकार्य र एकता आवश्यक रहेको स्पष्ट पारे । उनले आफूले संविधान जारी भएपछि यसको दशपछि समग्र रुपमा समिक्षा गर्नुपर्ने धारणा राखेको उल्लेख गर्दै स्थानीय तहको दोस्रो पटक निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोले अबको पाँच वर्षपछि संविधानको समिक्षा गरिने बताए । उनले मुलुकको विकासको बाधक भ्रष्टाचार भएकोले यसबाट मुलुकलाई मुक्त गरिनुपर्नेमा जोड दिए । उनले आगामी प्रदेश र संघको निर्वाचन पनि यही गठबन्धनले सम्पन्न गर्ने जनाए । उनले आफूलाई अहिले प्रधानमन्त्री बन्नको लागि प्रस्ताव आएपनि त्यतार्फत आफू नजाने सुनाए । उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनतर्फ संकेत गर्दै आफूहरुले देशलाई दुर्घटनाबाट बचाएको पनि स्मरण गराए । उनले आफूहरु गठबन्धन नै लिएर जाने र यसलाई बचाउने पक्षमा रहेको बताए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क