इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रथम रारा भेट्रान गोल्डकप फुटबलको उपाधि हाम्रो इटहरी भेट्रान सुनसरीले हात पारो

धनकुटा / धनकुटाको चौविसे गाउपालिकाको राजारानीमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण प्रथम रारा भेट्रान गोल्डकप फुटबलको उपाधि हाम्रो इटहरी भेट्रान सुनसरीले हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा बेर्मियोक नाम्फिङ भेट्रान सिक्किमलाई ० का विरुद्ध १ गोलले हराउँदै हाम्रो इटहरी भेट्रान सुनसरीले उपाधि जितेको हो । हाम्रो इटहरी भेट्रानका दिपेन राईले खेल सुरु भएको ११औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो । प्रतियोगिताको विजेता हाम्रो इटहरी भेट्रान नगद एक लाख रुपैयाँसहित ट्रफी मेडल प्रमाणपत्र हात पारेको हो । यस्तै दोस्रो भएको बेर्मियोक नाम्फिङ भेट्रान सिक्किमले नगद ५० हजार रुपैयाँ ट्रफी मेडल प्रमाणपत्रमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ द म्याच बेर्मियोक नाम्फिङ साहिक्षा अन्सारी घोषित हुनुभयो । उहाँले नगद पाँच हजार पुरस्कार पाउनु भयो । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हाम्रो इटहरी भेट्रानका अंकुर कुमार खड्गी, उत्कृष्ट गोलकिपर हाम्रो इटहरी भेट्रानको तुलसी श्रेष्ठ घोषित भए । यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ता हाम्रो इटहरी भेट्रानका सन्तोष राई र दिपेन राई घोषित भए । रारा भेट्रान फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक सहित सुनसरी, मोरङ, झापा सहित भारतको सिक्किमका गरि ८ वटा भेट्रान क्लबको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क