इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रदेश १ का मुख्यमन्त्री राइले मंगलबार विश्वास लिने

सुनसरी : प्रदेश नम्बर -१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पर्सि ३० गते मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिने निश्चित भएको छ र कात्तिक १६ गते सपथ ग्रहण गरेका थिय । आइतबार प्रदेश सरकारको तर्फबाट उनलेे प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली समक्ष विश्वासको मत लिने सम्बन्धि सुचना दर्ता गरेका हुन् । मुख्यमन्त्री राईका प्रमुख स्वकिय सचिव सन्दिप राईले आफू प्रदेश सभामा पुगेर सरकारले विश्वासको मत लिने सम्बन्धि पनि सुचना दर्ता गरेको जानकारी दिएका छन् । सुचना दर्ता भएसँगै मुख्यमन्त्री राईले मंगलबारको प्रदेशसभा बैठकमा संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । संसद सचिवालयका प्रवक्ता चमिना भट्टराईले सोमबार बस्ने कार्यव्यवस्थाको बैठकले मंगलबारको प्रदेश सभाको कार्यसुचिबारे टुंगो लगाउने जानकारी दिनुभएको छ । सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक २३ गतेका लागि प्रदेश सभाको पाँचौ बैठक बोलाएका थिए । मुख्यमन्त्री राईले विश्वासको मत लिइहाल्ने तयारी गर्दै उक्त बैठक सार्न सभामुख भण्डारीलाई आग्रह गरेका थिए । सोही आग्रह अनुसार कात्तिक ३० गते मंगलबार दिउँसो १२ः३० बजेका लागि बैठक बोलाइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क