इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रदेश १ को नाम ‘किरात प्रदेश’ राख्न माग राख्दै मोरङका उम्मेदवारलाई ज्ञापनपत्र बुझाए

सुनसरी | किरात राई यायोक्खाले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावपछि जित्ने जनप्रतिनिधीहरूले प्रदेश १ को नामकरण 'किरात प्रदेश' राख्नुपर्ने मागसहितको ज्ञापनपत्र उम्मेदवारहरूलाई बुझाएका छन् । विराटनगर महानगरपालिका- ११ स्थित साकेला थानमा किरात राई यायोक्खा विराटनगर महानगर कमिटिले हिजो शनिबार एक कार्यक्रम आयोजना गरी मोरङबाट उठेका प्रतिनिधी र प्रदेश सभा सदस्यका उम्मेदवारहरूलाई एकै ठाउँमा भेला गरी प्रदेशको नामरण किरात प्रदेश राख्नुपर्ने मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले मोरङ क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभा सदस्यीमा गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदी, मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधी सभा सदस्यीयमा उठेका उम्मेदवार राजकुमार यादव, मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधी सभा सदस्यीयमा उठेका उम्मेदवार लालबावु पण्डित, प्रदेश सभा सदस्ययमा उठेका पर्शुराम बस्नेत लगायतका उम्मेदवारहरूलाई एकै ठाउँमा भेला पारी किरात प्रदेश हुनुपर्ने माग साहितको ज्ञापन पत्र बुझाएका हुन् । उक्त ज्ञापन पत्र जनजाती महासंघका अध्यक्ष मिलन कुमार राई ,किरात राई यायोक्खा विराटनगर नगर समितिकी अध्यक्ष विष्णु राईले उम्मेदवारहरूलाई बुझाएका थिए । तर यहीँ विषयमा राजनीति , सामाजिक सञ्चालमा आलोचना भइरहेको छ । २३ वैशाख २०७६ मा प्रदेश १ को राजधानी विराटनगर तोकिए पनि नामकरण भने हालसम्म अनिश्चित छ। एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने विषय टुङ्गो लाग्न नसक्दा चार वर्षसम्म प्रदेश नामविहीन छ। कतिपयले भूगोल र पहिचानलाई मिलाएर, कतिपयले भूगोलका आधारमा र कतिपय पहिचानका आधारमा अडान राख्दा प्रदेशको नामकरण हुन सकेको छैन । कोशी , सगरमाथा, किरात ,विजयपुर,लिम्बूवान, विराट’मा के राख्ने भन्ने विषयमा अन्योल भएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क