इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रदेश १ को नाम बहुमतले ‘कोशी’ पारित

सुनसरी / प्रदेश १ को नाम ‘कोशी’ बहुमतले पारित भएको छ । आज बुधबार प्रदेश १ को प्रदेशसभामा पेस भएको नामकरणमा ‘कोशी' प्रदेश नाम राख्ने बहुमतले पारित भएको हो । नेकपा एमालेका रामबहादुर राना मगरले प्रस्ताव गरेको ‘कोशी’ मा एमाले सांसदद्वय विदुर लिंथेप र नेकपा एमालेका नीरन राईले समर्थन गरेका थिए । प्रदेश १ को प्रदेशसभाले प्रदेशको नामकरण सम्बन्धी प्रस्ताव पारित गरेसँगै अब ‘कोशी’ प्रदेश रहने भएको छ । आज बुधबार साँझ भएको मत विभाजनमा पक्षमा कोसीको ८२ मत परेको थियो । विपक्षमा ४ मत परेको थियो भने ६ जना सांसद अनुपस्थित रहे । मतदानमा ८६ जना सांसद सहभागी थिए। प्रदेश १ कूल ९३ जना सांसद छन् । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद आवश्यक पर्छ । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । यसअघि ,नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले प्रदेशसभा सचिवालयमा किराँत–लिम्बुवान–सगरमाथा नामको प्रस्ताव दर्ता गराएका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क