इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रदेश १ मा थप एक हजार एक सय ३५ जनामा कोरोना संक्रमण

सुनसरी / प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप एक हजार एक सय ३५ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने इटहरीमा एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा २५३, बूढीगंगामा १९, सुन्दरहरैँचामा ११, उर्लाबारीमा ७, रंगेलीमा ५, कटहरी र स्थानीय तह नखुलेका ३-३, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा र ग्रामथानमा २-२, पथरीशनिश्चरे, रतुवामाई र कानेपोखरीमा १–१ जना छन् । यता, सुनसरीको धरानमा १३०, इटहरीमा १००, इनरुवामा १२, दुहवीमा ६, हरिनगरमा ३, बराहक्षेत्र र बर्जुमा २-२, गढी र रामधुनीमा १-१ जना छन् ।यस्तै, झापाको बिर्तामोडमा ३९, भद्रपुरमा २१, मेचीनगरमा १७, अर्जुनधारामा १४, दमकमा १२, कनकाईमा १०, शिवसताक्षीमा ८, हल्दिबारीमा ५, बाहृदशी र कमल गाउँपालिकामा ४–४, कचनकवलमा ३, बुद्धशान्ति र स्थानीय तह नखुलेका २–२ जना छन् भने गौरादहमा १ जना छन् । उता, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २-२, पाख्रिबासमा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १, संखुवासभाको मादीमा १ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।यस्तै, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका १-१, भोजपुरको साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा १-१, पाँचथरको फिदिम, तेहृथुमको आठराई र खोटाङको हलेसीतुवाचुङमा १-१ र प्रदेश १ बाहिरका ३८ जनामा संक्रमण रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा थप ८० जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । हाल प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ५ हजार २०४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क