इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रदेश १ मा स्थानीय तहको चुनावमा पालिका प्रमुखका उम्मेदवार ९ सय ८ जना

सुनसरी / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश १ का विभिन्न पालिकाको प्रमुखमा ९ सय ८ जनाले उम्मेदवारी दिएका छन् भने मुलुकभरमा एक लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते ७७ जिल्लाका सात सय ५३ पालिकामा एकै चरणमा स्थानीय तह निर्वाचन हुँदैछ। प्रदेश १ का १४ वटा जिल्लाभित्र एक सय ३७ वटा स्थानीय तह छन् । जसमा एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ वटा गाउँपालिका छन् । विराटनगर प्रदेश १ को एउटा मात्रै महानगरपालिका हो भने धरान र इटहरी उपमहानगरपालिका हुन् । हालसम्म प्राप्त विवरण अनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मेयर (प्रमुख) पदमा उम्मेदवारी दिनको सङ्ख्या चार सय १९ पुगेको छ । गाउँपालिकाको अध्यक्ष (प्रमुख)मा चार सय ८९ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरमा तीन सय ११ र उपाध्यक्षमा तीन सय ९१ गरेर पालिकाको उपप्रमुखमा सात सय दुई जनाले मनोनयन दर्ता गराएका छन् । प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेको सङ्ख्या १ हजार ६ सय १० पुगेको छ । वडाध्यक्षमा पाँच हजार १७, महिला सदस्यमा तीन हजार आठ सय, दलित महिला सदस्यमा तीन हजार चार सय चार र खुला सदस्यमा आठ हजार ४८ जनाले उम्मेदवारी दिएका छन् । आसन्न स्थानीय तह निर्वाचनका लागि प्रदेश १ भरिबाट २१ हजार आठ सय ७९ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । उनका अनुसार अझै पनि प्राविधिक हिसाबका केही काम बाँकी रहेकाले उम्मेदवारी दिनेको सङ्ख्या बढ्न सक्छ । प्राविधिक रूपमा तथ्याङ्क ‘अपडेट’को काम भइरहेकाले अहिलेसम्म प्राप्त विवरणलाई मात्रै अन्तिम मान्न नसकिने अधिकारीको भनाइ छ । तेह्रथुममा दुई नगरपालिका र चार गाउँपालिका, सङ्खुवासभामा पाँच नगर र पाँच गाउँपालिका, भोजपुरमा दुई नगर र सात गाउँपालिका, सोलुखुम्बुमा एक नगरपालिका र सात गाउँपालिका, ओखलढुङ्गामा एक नगरपालिका र सात गाउँपालिका, खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका तथा उदयपुरमा चार नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् । ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका, पाँचथरमा एक नगरपालिका र सात गाउँपालिका, इलाममा चार नगरपालिका र छ गाउँपालिका, झापामा आठ नगरपालिका र सात गाउँपालिका, मोरङमा एक महानगर, आठ नगर र आठ वटा गाउँपालिका, सुनसरीमा दुई उपमहानगर, चार नगर र छ गाउँपालिका, धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क