इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रदेश १ सरकारले मुख्य राजमार्गमा सिसी क्यामेरा जडान गरिने

सुनसरी / प्रदेश-१ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीका अनुसार कोशी पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानको मुख्य राजमार्गमा सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई मध्यनजर गर्दै मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको छ । मन्त्री कार्कीका अनुसार सिसी क्यामेरा जडान गर्न बजेट विनियोजन गरिसकेको छ । उनले भने, `हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ , प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरि काम गरिरहेका छौँ । प्रदेश सरकारले १४ वटै जिल्लामा गरिब , अशक्त , महिला आदिलाई लक्षित गरेर नि:शुल्क कानुनी सहायता केन्द्र स्थापना गर्ने उनलेे बताए । शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक डङ्गले काम गरिरहेको मन्त्री कार्कीले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क