इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानन्यायाधीश चोलेन्द्र र प्रचण्डबीच गोप्य भेटवार्ता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंग बहादुर राणा र सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार साँझ रहस्यमय भेटवार्ता भएको छ । स्रोतका अनुसार उनीहरुबीच बालुवाटारमा आधा घण्टाभन्दा बढी गोप्य वार्ता भएको थियो । प्रधानन्यायाधीश राणालाई भेट्न प्रचण्ड बुधबार साँझ प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा डेढ घण्टा भन्दा लामो समय गोप्य वार्ता गरेपछि प्रधानन्यायाधीश राणालाई भेट्न अध्यक्ष प्रचण्ड प्रधानन्यायाधीशको निवासमा पुगेका थिए । प्रधानन्यायाधीशलाई भेट्न जानुअघि तीन नेताको प्रधानमन्त्रीको निवासमा भएको गोप्य वार्तामा जसपाका नेता बाबुराम भट्टराई पनि सहभागी थिए । उक्त वार्ता हुनुअघि माधव नेपालको निजी निवास कोटेश्वर पुगेर प्रचण्डले उनीसँग आधा घण्टाभन्दा लामो समय छुट्टै वार्ता गरेका थिए । प्रचण्डले माधव नेपाललाई भेट्नुअघि माधव नेपालले मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेललाई आफ्नै निवासमा बोलाएर लामो गोप्य वार्ता गरेका थिए । यति लामो गोप्य वार्ताको सिलसिलापछि अध्यक्ष प्रचण्ड प्रधानन्यायाधीश राणालाई भेट्न उनको निवासमा पुग्नुले मात्रै रहस्यमय भएको होइन कि प्रधानन्यायाधीशलाई सत्ताधारी गठबन्धनका प्रमुख राजनीतिक नेताले यसरी भेट्नु नै रहस्यपूर्ण मानिन्छ र यस्तो भेटवार्ता अत्यन्त अनौठो र दुर्लभ पनि मानिन्छ । प्रधानमन्त्री देउवाले गठबन्धनको सरकारले अपेक्षित गति लिन नसकेको भन्दै प्रमुख सत्ता साझेदार प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवलाई आफ्नो पार्टी नेपाली कांग्रेसको महाधिवेशनपछि अर्लि इलेक्सनमा जान अनौपचारिक रुपमा प्रस्ताव गरिसकेको अवस्थामा सर्वोच्च अदालतमा रहेका राजनीतिक दलका नेताहरुविरुद्धका ललितानिवास प्रकरणलगायतका मुद्दाहरुका साथै सत्ता र राजनीतिक दलहरुसँग जोडिएका मुद्दाहरु सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम चरणमा रहेको बेला सत्ता वरिपरि रहेको सबै कम्युनिष्ट नेताहरुबीच आपसी छलफल गरेर प्रतिनिधिपात्रका रुपमा प्रचण्डले प्रधानन्यायाधीश राणालाई उनकै निवासमा पुगेर गोप्य भेटवार्ता गर्नुलाई निकै रहस्यमय मानिएको छ । आज प्रकाशित आर्थिक दैनिकमा खबर छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क