इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानन्यायाधीश जबराको राजीनामा माग

काठमाडौं । न्यायपालिका सुधारका लागि निकास दिनुपर्ने भन्दै कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो ।न्यायापालिकामा बसेर सुधार गर्न नसकेकाे बारको बैठकमा छलफल भएको छ । छलफलमा न्यायालय सुधारको विकल्पमा प्रधानन्यायाधीशले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भनिएको छ । यसबारे थप औपचारिक निर्णय गर्न भोलि मंगलबार बैठक बस्ने निर्णय भएको छ । देउवा सरकारमा मन्त्री भागबन्डाको विवादले अन्ततः प्रधानन्यायाधीशको राजीनामा माग गरिएको छ । यसअघि बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले प्रधानन्यायाधीशको राजीनामा माग नगरेको बताए पनि सोमबारको आकस्मिक बैठकले अब त्योभन्दा अर्काे विकल्प नभएको निर्णय गरेको छ ।भोलि मंगलबार बारले प्रधानन्यायाधीशबारे निर्णय सार्वजनिक गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क