इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानन्यायाधीश जबरा राजीनामा दिन तयार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पदबाट राजीनामा तयार रहेपछि अहिले आन्दोलनरत न्यायाधीशतर्फका तीन न्यायाधीशसँग प्रधानन्यायाधीश वार्तामा रहेको बुझिएको छ । वार्तामा आन्दोलनरत न्यायाधीशहरूका तर्फबाट न्यायाधीशत्रय सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेका छन् ।वार्ता गर्न गठन गरिएको समितिले प्रधानन्यायाधीशको स्पष्ट धारणा बुझेर जानकारी दिने भनिएको छ ।इजलास छाडेर न्यायाधीश छलफलमा जुटिरहँदा जबराले भने दुईवटा मुद्दामा सुनुवाइ गर्दै एउटामा अन्तरिम आदेशसमेत जारी गरेका छन् । प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टीका बुँदा पहिल्याएर तीनै बुँदाका आधारमा एकपटक वार्ता बस्ने निर्णय गरेका हुन् । ‘हामीले केही हाम्रा सरोकारका साझा विषय तय गरेका छौं, यी विषयमा उहाँ (जबरासँग) वार्ता हुन्छ,’ एक न्यायाधीशले भने । कालो पट्टि बाँधेर विरोधमा उत्रिएपछि प्रधानन्यायाधीशले आफू पदबाट राजीनामा दिन तयार रहेको भनेपछि विरोधमा रहेका न्यायाधीशहरुले वार्ता टोली गठन गरेका थिए ।प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने न्यायाधीशहरुको अडान रहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क