इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानमन्त्रीकाे निर्देशन : 'ओमिक्राेन' फैलिन नदिन उच्च सतर्कता अपनाउनू, 'स्मार्ट लकडाउन' बारे छलफल

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' काे सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । आज शुक्रवार सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठक बोलाइ प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिन नदिन र सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । उहाँले ओमिक्राेनकाे सङ्क्रमण दर फैलिन नदिन सीमा नाकालाई चुस्त बनाउन र सङ्क्रमितको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराउनुभयो । सङ्क्रमितको परीक्षण, उनीहरूकाे उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । बैठकले सङ्घीय सरकारले बेहाेर्ने गरी सङ्क्रमितको उपचार खर्च तत्कालका लागि भने पालिकाले बेहाेर्ने विषयमा पनि छलफल गरेको छ । मन्त्री खतिवडाले भन्नुभयो, ‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो । ओमिक्रोनको बढ्ने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । चाँडै नै बुस्टर डाेजमा पनि जाने भन्ने छलफल भयो । प्रधानमन्त्रीबाट पनि त्यही निर्देशन भयो ।’ बैठकमा कोराेना भाइरसकाे ओमिक्रोन भेरियन्टको सङ्क्रमण दर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर 'स्मार्ट लकडाउन' गर्ने विषयमा पनि छलफल भएको छ । सङ्क्रमितको सङ्ख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालय बन्द गर्ने जस्ता 'स्मार्ट लकडाउन' का विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताउनुभयो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क