इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानमन्त्रीले उद्घाटन गरेका अवैध टिभीकाे छानबिन सुरु, होला त कारबाही ?

काठमाडौं । मिडिया सञ्चालनका लागि जो कोहीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको सूचना तथा प्रसारण विभागबाट प्रसारण इजाजत लिएपछि मात्रै बल्ल तोकिएबमोजिम गर्न पाइन्छ । तर, अनौठो त के भयो भने देशकै प्रधानमन्त्रीले कानुनलाई डालोमा मिल्काएर गैरकानुनी काम गरेर सबैलाई चकित बनाइदिए । हो, अहिले भारतीय योग गुरु एवं पतञ्जलीका सञ्चालक बाबा रामदेवको चर्चा र उनले नेपालमा उद्घाटन गरेका दुई टेलिभिजन च्यानलको व्यापक विरोध भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकसाथ उनै योग गुरु रामदेवले नेपालमा सञ्चालनमा ल्याउन लागेको दुई टेलिभिजनको उद्घाटन गरेपछि अहिले चौतर्फी त्यसको विरोध भइरहेको छ ।त्यसो त मिडियामा विदेशी लगानी ऐनमै प्रतिबन्धित रहेको छ । तर, योगगुरु रामदेवको उपस्थितिमा ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक दुई च्यानल प्रधानमन्त्री देउवाले उद्घाटन गरिसकेका छन् । प्रधानमन्त्रीले नै देशको गरिमा नजोगाएपछि के हुन्छ ? आममानिसले प्रश्न गरिरहेका छन् । यसै सन्दर्भमा सूचना विभागमा दर्ता नभएपछि विभागले अहिले यसबारे छानविन गरिरहेको बताइएको छ ।विभाग स्रोतका अनुसार प्रधानमन्त्री देउवाले उद्घाटन गरेका रामदेवका दुवै च्यानल सूचना तथा प्रसारण विभागमा दर्ता भएको छैन । र, विभागले निर्देशकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरी स्थलगत अध्ययन थालेको छ । स्रोतका अनुसार मण्डिखाटारमा स्थायी ठेगाना रहेको दुवै च्यानलको कार्यालयमा छानविन समिति पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क