इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानमन्त्रीले भने : घाटामा जाने उद्योगहरू नचलाउनुस्

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चलाएका कुनै पनि उद्योग र संस्थान घाटामा जान नहुने बताएका छन्।

सरकारी कार्यालयमा आयोजित एक ब्रिफिङमा प्रधानमन्त्री ओलीले भनेका छन्, "नचल्ने र घाटामा जाने उद्योग चलाउन बल नगरौँ। डुब्ने र प्रतिफल नदिने उद्योग नचलाऔँ।"

उनले उद्योगका लागि सडक, बिजुली लगायतका पूर्वाधारहरू तयार भइसकेकाले अब औद्योगिकीकरणमा लाग्न आग्रह गरे। मद्यपान र धुमपानसँग सम्बन्धित उद्योगलाई भन्दा रोजगारी सृजना गर्ने र समाजलाई सभ्य तथा स्वस्थ्य बनाउने खालका उत्पादनमा जोड दिन उनले आग्रह गरे।

प्रधानमन्त्री ओलीले उद्योगका नाममा भएका बेथितिहरू रोक्न र राम्रा काम गर्नेलाई संरक्षण गर्न पनि निर्देशन दिए। खनिज र पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन् कार्यलाई निरन्तरता दिई यसका आधारमा विकास गर्न सकिने उद्योगको योजना ल्याउन उनले आग्रह गरे।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क