इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानमन्त्री देउवालाई गठबन्धनभन्दा एमसीसी प्यारो

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएसंगै सत्ताबाट बाहिरिएका एमालेका अध्यक्ष केपी शर्मा ओली आजभोली झन् तनावमा देखिएका छन् । तनावको मुख्य कारण हो चुनाव, त्यसमा पनि अहिले राष्ट्रियसभाको चुनाव आउंदैछ । चुनावमा गठबन्धनसंग एमाले एक्लै लड्ने भएको छ । राष्ट्रियसभाको चुनावमा एमाले नराम्रोसंग पछारिने आंकलन नेताहरुले गर्दै आएका छन् ।अहिलेको चुनावमा एमाले पछि गए आगामी तीन तहको निर्वाचनमा पनि एमाले राम्रोसंग उठ्न नसक्ने राजनीतिज्ञहरु बताउँछन् । चुनावलाई नै मध्यनजर गर्दै ओली पांच दलीय सत्ता गठबन्धन भत्काउने तयारीमा लागेको बुझिएको छ । ओलीले एमसीसीलाई मुख्य हतियार बनाएर पाँच दलीय गठबन्धन भत्काउने रणनीतिमा लागेका हुन् । यता नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टी एमसीसीको पक्षमा उभिन सकेका छैनन् । हिजो शनिबार ओली र देउवाबीच बालकोटमा भेटवार्ता भएको थियो भेटमा ओलीले देउवाले गठबन्धन भत्काए आफूले एमसीसीमा आफूहरुले सहयोग गर्ने संकेत देखाएका थिए ।ओलीले एमसीसीको विषयमा बोल्दै बहुमत भएकाले आँफै पास गर्न देउवालाई सुझावसमेत दिएका छन् । तकाअनुसार ओलीले देउवालाई एमसीसी पास गराउन एमालेको सहयोग अनिवार्य हो भने पाँच दलीय गठबन्धन तोडेर आउन पनि सुझाव दिएका थिए । ओलीले एमसीसीमा आफूहरुले देउवालाई सहयोग गर्नुपर्ने हो भने देउवा पांच दलीय गठबन्धन भत्काउन सुझाव दिएकोसमेत स्रोतको दाबी छ ।प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पास गर्नुपर्ने मनस्थितिमा रहेका छन् ।तर पाँच दलीय गठबन्धनका अन्य नेताहरु भने एमासीसी पास गर्न नहुने पक्षमा रहेका छन् । एमसीसीको कारण गठबन्धन धरापमा पर्छ भन्ने कुरा देउवालाई राम्रोसंग थाहा छ ।आफूलाई यो थाहा हुँदाहुँदै पनि एमसीसी पारित गर्न देउवाको दौडलाई अध्ययन गर्ने हो भने उनी गठबन्धन धरापमा राख्न पनि तयार भएको प्रष्टै देख्न सकिन्छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क