इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब छ करोड जम्मा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म पाँच करोड ९५ लाख रुपियाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको भूकम्पका पीडितका लागि राहत सहयोग र पुनस्र्थापनाका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि उक्त रकम जम्मा भएको हो । यो रकम आइतबारदेखि बुधबारसम्मको हो । भूकम्पपीडितलाई राहत सहयोगका लागि सरकारले देश विदेशमा रहेका नेपालीलाई अपिल गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार मङ्गलबारसम्म बैङ्कमा पाँच करोड ९५ लाख रुपियाँ जम्मा भएको थियो । विभिन्न कार्यालयले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको चेक सम्बन्धित बैङ्कमा पठाइसकिएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायले चार करोड रुपियाँ सहयोग गरेका छन् । बुधबार बालुवाटारमा पर्यटनमन्त्री सुदन किरातीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण सङ्घ र लुम्बिनी विकास कोषलगायतले उक्त रकम सहयोग गरेका हुन् । मङ्गलबार बुद्ध एयरको एक करोड, मीनबहदुर गुरुङको एक करोड ११ लाख ११ हजार, मुक्तिनाथ दर्शन प्रालिबाट १५ लाख र अन्य १४ लाख ३६ हजार गरी दुई करोड ३० लाख ४७ हजार रुपियाँ जम्मा भएको थियो । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषका अनुसार २०७२ सालको भूकम्पमा विभिन्न सङ्घ संस्थाबाट सात अर्ब १७ करोड, ६७ लाख ६८ हजार ६७९ रुपियाँ सहयोग सङ्कलन भएको थियो । अर्थ मन्त्रालयबाट निकासा सहयोग १६ अर्ब ६४ करोड ९६ लाख १० हजार रुपियाँसहित २४ अर्ब ३३ करोड ७९ लाख ४४ हजार २८२ रुपियाँ कोषमा जम्मा भएको थियो । जसमध्ये २२ अर्ब ७८ करोड ४२ लाख १० हजार रुपियाँ गृह मन्त्रालयमार्फत निकासा भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क