इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानमन्त्री प्रचण्ड भोलि पञ्चकोट आउँदै

बाग्लुङ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि शनिबार बागलुङस्थित प्रसिद्ध धार्मिक स्थल पञ्चकोट आउँदै छन् । पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको एघारौं दिन पञ्चकोटको अवलोकन तथा महायज्ञलाई सम्बोधन गर्न प्रधानमन्त्री पञ्चकोट आउन लागेका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट आउने प्रधानमन्त्रीलाई पञ्चकोटमा मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यले स्वागत गर्नेछन् । त्यसपछि प्रधानमन्त्रीले गण्डकीमाता मन्दिर, हनुमान बाटीकामा र यज्ञमण्डपको अवलोकन गर्नेछन । पञ्चकोट स्थापनाको १० औं वार्षिकोत्सवका अवसरमा आयोजित महायज्ञबाट धार्मिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य राखिएको छ। प्रधानमन्त्रीको भ्रमणले पञ्चकोटको प्रचारप्रसारमा टेवा पुग्ने आयोजकहरूले बताएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क