इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत मागे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन् । नेपाली कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधानअनुसार उनले बुधबार संसदमा विश्वासको मतको प्रस्ताव राखेका हुन्। प्रधानमन्त्रीले सम्बोधन गर्दै सरकार पुनर्गठन र नयाँ सरकारी समीकरणको आवश्यकता बताए। उनले सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धि नयाँ सरकारको मूल लक्ष्य हुने बताए। अर्थतन्त्र सुधारका लागि उनले निरन्तर प्रयास गरेको उल्लेख गर्दै विभिन्न आर्थिक सूचकहरूमा सुधार आएको दाबी गरे। तर उत्पादन र रोजगारी वृद्धि अपेक्षित नभएको र पुँजीगत खर्च बढ्न नसकेको भन्दै आलोचना पनि गरे। नयाँ सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। सरकारले रोजगारी सिर्जना, आयात प्रतिस्थापन र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्ने उनले बताए । कांग्रेसका केही नेताहरूले सरकार पुनर्गठनको अराजनीतिक व्याख्या गरेको र आफूमाथि निजी आक्षेप गरेको गुनासो गर्दै प्रधानमन्त्रीले त्यसको प्रतिवाद गरेका छन्। तर उनले प्रतिशोध नलिने र सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रयास गर्ने बताए। संसदलाई विश्वास दिलाउँदै प्रचण्डले देशमा नयाँ स्टार्टअप र उद्यमशीलताको विकास गर्ने बताए। उनले आगामी दिनमा सुशासन कायम गरी जनतामा राज्यप्रति विश्वास जगाउने लक्ष्य राखेका छन्।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क