इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान आउने

सुनसरी : प्रधानमन्त्री शेरबहादुर देउवा आज धरानमा बिहान १० बजे धरान आउने मेयर तिलक राईले जनाएका छन् । प्रधानमन्त्री देउवा आज हेलिकप्टर मार्फत धरान आउने भएका छन् । नेपाली काङ्ग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री देउवाले धरान उप-महानगरपालिका-२ स्थित नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यलय भवनको उद्घघाट गर्ने पहिलो कार्यक्रम तय भएको छ । त्यस पछि धरान-६ पानबारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने कार्यक्रम छ । बसपार्क अवलोकनपश्चात् प्रधानमन्त्री देउवाले धरान–१२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान–१२ स्थित पब्लिक हाइस्कुलको प्राङ्गणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मेयर सचिवालयले जनाएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क