इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रमुख चार्डपर्व सकिए पनि तरकारीको भाउ छोइनसक्नु

सुनसरी : नेपालीहरूको महान चार्डपर्व दशैं तिहार सकिए सगैँ उपत्यकामा हरियो तरकारीको अचाक्ली नै महँगो भएको छ । चार्डपर्वपछि पनि मुल्य घटेको छ‌ैन । अधिकांश तरकारीको मुल्य मगियो ( छोइनसक्नु ) भएको छ । कुनै तरकारीको मुल्य दुईवटा सातामा दोब्बरसम्म बढेको छ । कात्तिक ११ गते बिहीबार प्रतिकिलो ६५ रूपियाँमा बिक्रीवितरण भएको बोडी अहिले मूल्य बढेर बुधबार १३० रूपियाँसम्म पुगेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार हरियो सागको मूल्य दुई सय रूपियाँ किलो पुगेको छ साग मात्र होइन सबै हरियो तरकारीको मुल्य किलोको एक सय रूपियाँभन्दा बढी रहेको छ । कालिमाटीमा स्थानीय कालउी १२० रूपियाँ , टमाटर ८० रूपियाँ , भिण्डि एक सय , सिमि , एक सय ३० , घिरौंला ९० रूपियाँ , काँक्रो एक सय ४० , करेला एक सय २० , आलु ७१ रूपियाँ किलोमा बिक्री भएको छ । कालिमाटीको तुलनामा उपभोक्तले खरिद गर्ने खुला बजारमा अझै महँगो छ । तरकारी खुल्ला बजारमा किलोमै ५० रूपियाँ सम्म महँगो छ । खुल्ला बजारमा टमाटर एक सय ३० रूपियाँ किलो पुगेको छ । यो समाचार नेपाल टाइम्समा छापिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क