इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रहरीको संलग्नतामा काठमाडाैंबाट ३५ लाख लुटपाट !

२१ जेठ, काठमाडौं । एक व्यापारीलाई लैनचौरमा सुन किन्न बोलाएर ३५ लाख लुटपाट गरिएको छ । लुटेराहरुले नक्कली सुन देखाएर लुटपाठ गरेका हुन् । तीन साता अघि नेपाल प्रहरीमा कार्यरत दुई जवानको संलग्नतामा सो रकम लुटपाट भएको हो । तर प्रहरीले यो विषयलाई गुपचुप राखेको छ , बाहिर ल्याउन चाहेको छैन । लुटपाटमा नेपाल प्रहरीको संगीत विद्यालयमा कार्यरत रहेका जवानको संलग्नता रहेको खुलिसकेको प्रहरीले पनि प्रहरीले अनुसन्धानकै क्रममा रहेको भन्दै यो घट्नालाई गुपचुप राखिरहेको छ । लुटेरा समूहले सुन व्यापारीलाई आफूसँग एक किलो सुन भएको बताएउदै ३५ लाखमा दिने सहमति गरी लैनचौरमा बोलाएको र पैसा र सुन लिनेदिने क्रममा लुटपाट भएको थियो । ‘सुन लिने दिने क्रममा प्रहरीले लुटपाट गरेको देखिन्छ हामी अनुसन्धना गरिरहेका छौ’, परिसर स्रोतले भन्यो । स्रोतका अनुसार प्रहरी लुटपाट गर्ने क्रममा मोबाइल खसालेको र सोही मोबाइलका कारण अनुसन्धान गर्न सहज भएको प्रहरीको दावी छ । ‘लुटेरा समूहले सस्तो मूल्यमा सुन दिन तयार भएको र एक किलो सुनको मूल्य ३५ लाख तय भएपछि व्यापारी सुन लिन लैनचौर पुगेका रहेछन् त्यही क्रममा लुटपाट भएको देखिन्छ’, महानगरीय प्रहरी परिसरका एक अधिकारीले भने । लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर उसले तीन सातासम्म पनि आफ्ना सहयोगीहरुबारे केही बताउन सकेको छैन । परिसर स्रोतका अनुसार प्रहरी कर्मचारी भने फरार रहेका छन् । घट्ना भएको तीन साता वितिसक्दा पनि प्रहरीले यो विषयलाई किन बाहिर ल्याएको छैन भन्ने बारेमा केही जानकारी नभएको ती अधिकारीले बताएका छन् । ‘नक्कली सुनको फोटोहरु लगायत देखाएर प्रलोभनमा पारिएको रहेछ उनीहरुले ३५ लाख रुपैयाँ लुटेर फरार भएको भन्दै व्यापारी प्रहरीकहाँ आएपछि अनुसन्धान थालिएको हो’, अनुसन्धानमा संलग्न एक प्रहरीले भने । उनका अनुसार लुटपाटमा संलग्न रहेका प्रहरी कर्मचारीहरुको पनि पहिचान भैसकेको छ । सुन कारोवारी भने भारतीय नागरिक भएको पनि प्रहरीको दावी छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क