इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रहरीलाई बयान दिदै समिक्षाले भनिन्, पल जी १२ बजे तिर कोठामा आउनु भयो

काठमाडौं : अभिनेता पल शाहविरूद्ध ज’बर’ज’स्ती कर’ ‘णीको जाहेरी दर्ता भएको छ। १७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्। गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ। समीक्षाले प्रहरीमा दिएको जाहेरीमा उल्लेखित विवरण अनुसार अन्तिमपटक घटना भएको स्थान तनहु भएकाले उनी त्यहाँ पुगेकी हुन् । याे जाहेरी समीक्षाले गत माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता गर्न खाेजेकी थिइन् । तर त्यसबेला प्रहरीले घटनास्थल तनहु भएकाले त्यहीँ जान भनेकाे थियाे । त्यही बेलाकाे जाहेरीलाई सामान्य संसोधन गरेर आज समीक्षाले बुझाएकी हुन् । पल शाहविरुद्ध ज’बर’जस्ती क’र’णीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी गायिका समीक्षा अधिकारीले मेडिकल चेकअप गरेकी छन् । अभिनेता पल शाहविरुद्ध ज’बर’ज’स्ती क’र’णीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी गर्दा गराएकी हुन् । अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् । यस्तो छ जाहेरीमा उल्लेख विवरण : म जाहेर वाला परिबर्तित जिल्ला ३९ अन्तर्गत सानो कृषि पेसा व्यवसाय गरि श्रीमती छोराछोरी सहित ५ जनाको परिवार बस्दै आइरहेकोमा मेरी छोरी वर्षा १६ की बिगत ३ बर्ष देखि गायन क्षेत्रमा ख्याती कमाइ स्वर राम्रो भएको कारण सामाजिक संजालहरुमा समेत चर्चित भै इज्जत प्रतिष्ठा कमाउने काम गरेकी छन् यसै क्रममा बिभिन्न रास्ट्रिय कलाकारहरुसंग भेटघाट भई आफ्नो कला प्रस्तुत गर्दै आइरहेकी थिइन् । बिगत अन्दाजी ३ महिना अगाडी देखि मेरी छोरि गित संगीतमा त्यति धेरै मन नलगाउने एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकोले नावालक छोरीलाई के भएछ भनि म समेतले कुरा गर्न खोज्दा छोरीले आफ्नो कुरा खुलाउन चाहिनन् र म समेतले चरीको पहिलाको र हालको स्वभाव तथा आफ्नो कलाकारिता प्रतिको नैरास्यता देखेपछि उनलाई निकै अनुरोध गरे पश्चात निजले आफ्नो घटनाको बारेमा बताए अनुसार हामीले जहिरे दिएका ब्यक्ति नेपाली सिने जगतका प्रख्यात कलाकार पूर्ण बिक्रम शाह पल शाह संग मिति २०७७/०६/२२ गते काठमाण्डौ पिपलु बर भन्ने बोलको गीतको भिडियो सुटिङ्ग गर्ने क्रममा पहिलोपटक भेटघाट भै फेसबुक आइडी र फोन न समेत आदान प्रदान भएको रहेछ । कमिक रुपमा नावालक छोरी संग भेट हुँदा निज पूर्ण बिक्रम शाहले देखावटी रुपमा माया प्रेम गरेको बहन गरि भिडियो सुटिङ्ग तथा अन्य भेटघाटको क्रमलाइ बधौन्दै लागि धेरै नै रेखदेख हेरचा गरेको जस्तो गर्दै आएका रहेछन । निज पल शाह र मेरी नावालिका छोरीले सयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक ज’बर’ज’स्ती कर ‘णी गर्न खो’जेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको रहेछ । यस क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेस थापासमेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाको बखत समेत बाल यौ’ ‘न दु’रुप’योग गरी सं’वेद’नशी’ल अ’ङ्ग’मा च’ला’उने, जि’स्काउने , समात्ने जस्ता कार्य समेत गरेको र मिति २०७८/०१/०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडौँको बसाईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन् । त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागी म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरा स्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म र’क्सी खा’एर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् । छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नपर्‍यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि ज’बर्ज’स्ती कर’ ‘णी गरेका रहेछन् । छोरीलाई माया गरेको देखाउनको लागि वार्दाताको भोलिपल्ट धोर बाराही मन्दिर समेत घुमाइ, दुलेगौंडाको सुटिङ्ग सकेर काठमाण्डौ गएका रहेछन । पल शाहले पोखरा स्थित होटलमा प्राइममा र चितवन स्थित गैंडाकोट रोशोर्टमा पटक पटक गरि कर णी गरेको हुँदा यसरि मेरी नावालिका छोरीको हेरविचार गरेको बहाना समेत गरि माया प्रेमको झुठा नाटक गरि कर णी गर्ने निज पूर्ण बिक्रम शाह (पल शाह) लाइ कडा कारवाही गरि कानुन बमोजिम पिडितलाइ क्षेतिपुर्ति समेत दिलाई भराई पाउ । कानुनअनुसार, १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै राखिएको शा’रि’रि’क स’म्ब’न्ध पनि कर णी हो । गायिका समीक्षा अधिकारी उमेरले १७ वर्षकी भएकी छन् । तनहुँ प्रहरीले पल शाहलाई पक्राउ गर्न कानुनी प्रक्रिया थालिसकेको जानकारी प्राप्त छ । जाहेरी दर्ता गर्नुअघि प्रहरीले समीक्षाको अडिओ/भिडिओ बयानसमेत लिएको थियो । यसअघि पनि समीक्षाले पलविरुद्ध जाहेरी दिन कदम चालेकी थिइन् । केहीदिन अगाडि उनी कास्की प्रहरीमा जाहेरी लिएर पुगेकी थिइन् । तर, प्रहरीले अन्तिमपटक घटना जहाँ भएको हो, त्यहीँ उजुरी गर्नुपर्ने बताएको थियो । यसबीचमा पलले समीक्षालाई बिहेको आश्वासन दिएर था’मथु’म पारेपछि उनी रोकिएकी थिइन् । नायक पलले एउटा कुराकानीमा समीक्षासँग आफ्नो शा’री’रि’क स’म्ब’न्ध रहेको स्वीकारोक्ति गरेको अडिओ सार्वजनिक भएको थियो । समीक्षा उमेरले १७ वर्षकी छिन् । नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरी/बालिकासँग सहमतिमै राखेको यौ’ ‘न स’म्ब’न्धलाई पनि ज’ब’र्ज’स्ती’ क’र ‘णी मान्छ । यसमा क’डा सजायको व्यवस्था छ । पलले सार्बजनिक गरेको अडियो :

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क