इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रहरीकै कारण लामिछाने सम्पर्कविहीन!

काठमाडौं: अनुसन्धानका क्रममा लुकाउनु पर्ने सूचना प्रहरीले चुहाएपछि बला'त्कार जस्तो जघन्य अपराधको आरोप लागेका सन्दीप लामिछाने सम्पर्कविहीन बनेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २३ गते साँझपख आफ्नो फेसबुक पेजमा एउटा छोटो जानकारी ‘अपडेट’ गरायो। नाबालिका बला'त्कार आरोप लागेका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको सम्बन्धी यो सूचना प्रहरीको फेसबुक पेजमा लामो समय भने टिकेन। त्यहीँ राति ९ बजेतिर प्रहरीले हटायो, तर कारण भने खुलाएन। काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले यो सूचना हटाउनुको कारणबारे केही बताउन चाहेनन्। घटना अनुसन्धानकै क्रममा रहेको भन्दै उनी प्रतिक्रिया दिनबाट पन्छिए। काठमाडौं प्रहरी परिसरले फेसबुकमा पोस्ट गरेको सूचना। यो सूचना केही घण्टामै हटाएको थियो। बला'त्कारजस्तो गम्भीर अपराध अनुसन्धानमा प्रहरीले गोप्य राख्नुपर्ने अनुसन्धानका सूचना एकपछि अर्को गरी चुहाएको भन्दै आलोचना भएपछि छिनमै हटाएको स्रोतको दाबी छ। अनुसन्धानमा संलग्न प्रहरीले नै यसमा आपत्ति जनाएका थिए। यो प्रकरणसँगै अपराध अनुसन्धानमा प्रहरीको खेलाँची फेरि एकपटक उदाँगिएको छ। जसरी प्रहरीले अनुसन्धानका सूचना एकपछि अर्को ‘लिक’ गरिरह्यो त्यसरी नै आरोपित लामिछानेलाई पक्राउ गर्न भने सुस्त देखिएको छ। पीडित बालिका गौशाला २६ (छ) ले लामिछानेले आफूलाई भदौ ६ गते राति जबर्ज'स्ती क'रणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले घटनास्थलदेखि, पक्राउ पुर्जी जारी भएको र अध्यागमनमको कालो सूचीमा राखेको जस्ता सूचना सार्वजनिक गरेको थियो। पक्राउ पुर्जी जारी भएको सूचना सार्वजनिक गरेपछि भने यो घटनाबारे प्रहरीले कुनै पनि जानकारी दिएको छैन। अफ्रिकी मुलुक वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न गएका लामिछाने नेपाल क्रिकेट संघ (क्यान)को सम्पर्कमै रहेका थिए। तर, पक्राउ पुर्जी जारी भएको सूचना बाहिरिएछि भने उनी नाटकीय रुपमा गायब भएका छन्। त्यसअघिसम्म लामिछानेले आरोप निराधार भएको भन्दै नेपाल फर्केर कानूनी प्रतिवाद गर्ने सामाजिक सञ्जालमा लेखेका थिए। घटना सार्वजनिक भएलगत्तै त लामिछानेले क्यानसँग कानूनी सहायताका लागि आग्रह समेत गरेका थिए। तर, पक्राउ पुर्जी जारी भएको खबर बाहिरिएपछि भने उनी एकाएक सम्पर्कबिहीन बने। जाहेरी पर्नसाथै प्रहरीले लामिछानेलाई नेपाल झिकाउन समेत प्रयास गरेन। त्यतिञ्जेल लामिछाने कहाँ के गरिरहेका छन् भन्नेबारे प्रहरी जानाकार नै थियो। तर, प्रहरीले यस्तो पहल नै गरेन, जसले गर्दा लामिछानले सम्पर्कविहीन हुने पर्याप्त समय पाए। नेपाल प्रहरीका अवकाशप्राप्त नायव महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल अपराध अनुसन्धानका सूचना सार्वजनिक गर्दा अनुसन्धान तीन किसिमले प्रभावित हुने बताउँछन्। पहिलो अभियुक्तलाई जोगिन सजिलो हुन्छ। दोस्रो, अनुसन्धानमा सुराक दिने स्रोत पनि गोपनियता नहुने रहेछ भनी डराएर प्रहरीलाई सहयोग गर्दैन। तेस्रो यसले गर्दा अभियुक्त छिटो पक्राउ पर्ने सम्भावना टर्दै जान्छ। “अनुसन्धानका विषय छ्यालब्याल बनाउनुहुँदैन,” मल्लले भने, “फिल्मको ‘ट्रेलर’ सार्वजनिक गरेजस्तो अनुसन्धानका कुरा बाहिर ल्याउँदा अपराधीलाई उम्काउन प्रहरी नै उद्धत भएको बात लाग्न सक्छ। अनुसन्धानको मान्यता कुल्चनुहुँदैन।” अर्का, पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) पुस्कर कार्की पक्राउ पुर्जी सार्वजनिक हुँदैमा अनुसन्धानमा ठूलो असर नगर्ने भए पनि गोप्य राख्नुपर्ने सूचना भने चुहाउन नहुने बताउँछन्। “पक्राउ पुर्जी सार्वजनिक हुने चीज नै हो। तर, त्यो प्रचारमा ल्याउने की नल्याउने भन्ने विषय अनुसन्धान अधिकारीले निर्णय गर्नुपर्छ,” कार्की भन्छन्, “कहिलेकाहिँ प्रचार गर्दा फाइदा हुन्छ, कहिलेकाहिँ आरोपित उम्किन्छ। त्यसैले यो अनुसन्धान अधिकारी र उसको युनिटको विवेकमा भर पर्छ।” प्रहरी उच्च स्रोतका अनुसार शुरूमा क्यानका अधिकारीले लामिछाने नेपाल फर्कने भनेर अनुसन्धानरत प्रहरीलाई विश्वस्त तुल्याएको थियो। तर, पक्राउ पुर्जी जारी भएपछि भने लामिछाने आफूहरूसँग समेत सम्पर्कमा नरहेको क्यानका पदाधिकारीले बताएपछि प्रहरी झनै झस्किएको छ। यद्यपि नेपालको प्रहरीले अझै पनि विभिन्न देशका प्रहरीबीच आपराधिक गतिविधिविरुद्ध संयुक्त रुपमा काम गर्न स्थापित अन्तर्देशीय प्रहरीको संगठन इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गरेको छैन। रेड कर्नर नोटिस जारी गर्ने प्रक्रियामै रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए। यो धेरै लामो प्रक्रिया लाग्ने विषय भने होइन। अनुसन्धानरत प्रहरी युनिटले रेड कर्नर नोटिस जारी गर्नुपर्ने कारणसहित पठाएपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमा खबर गर्नसाथ सूचना जारी हुने राईको भनाइ छ। “अहिले त पहिलेजस्तो फाइल बोकेर कुदिराख्नुपर्दैन,” उनले हिमालखबरसँग भने, “छिनमै भईहाल्छ।” नाबालिका बलात्कारजस्तो अपराधको अनुसन्धानमा प्रहरीले भने चाँडो गर्नुपर्ने यही प्रक्रिया पूरा गर्नमा समेत समय खर्चिरहेको छ। रेड कर्नर नोटिस जारी भएमा इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीले आरोपितलाई पक्राउ गरेर सम्बन्धित मुलुकमा पठाउन सहज हुन्छ। लामिछानेको अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतको भिसा अवधि बाँकी नै छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क