इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरमा जोखिमपूर्ण अवस्थामा बिजुली तार, स्थानीय त्रसित

हेटौँडा | मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं. ६ दुम्रेकुनामा रहेको धनडाढा क्षेत्रमा विद्युतीय सुरक्षाको गम्भीर समस्या देखिएको छ। स्थानीय बासिन्दाका अनुसार, लगभग ३०० मिटर लामो बिजुलीको तार भुइँमै लथालिङ्ग अवस्थामा छ।

इन्फोनेपाल अनलाइनको टोलीले स्थलगत निरीक्षण गर्दा उक्त समस्या प्रत्यक्ष देख्न सकिएको छ। चार महिनादेखि यस खतरनाक अवस्थामा बिजुली आपूर्ति भइरहेको र स्थानीय बासिन्दाहरू अत्यन्त डर र त्रासमा बाँच्न बाध्य भएको पाइएको छ।

स्थानीय बासिन्दा राम कार्कीले बताए अनुसार, यस समस्याबारे वडा कार्यालयदेखि विद्युत प्राधिकरणसम्म जानकारी गराइएको तीन महिना बितिसक्दा पनि कुनै समाधान आएको छैन। उनले भने, "हामीलाई घाँस दाउरा गर्न जानसमेत गाह्रो भएको छ। कतै ज्यान नै जाने त होइन भन्ने डर छ।"

यस खतरनाक अवस्थाले गर्दा स्थानीयहरूको दैनिक जीवन प्रभावित भएको छ। आवतजावत र घरायसी कामकाजमा समेत कठिनाई उत्पन्न भएको छ।

विद्युत प्राधिकरणका अधिकारीहरूसँग यस विषयमा प्रतिक्रिया लिने प्रयास गरिएको थियो, तर उनीहरूबाट कुनै जवाफ प्राप्त हुन सकेन।

यस गम्भीर समस्याको तत्काल समाधान नभए ठूलो दुर्घटना हुनसक्ने खतरा रहेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायले यस विषयमा गम्भीर ध्यान दिई शीघ्र कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क