इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्राधिकरणको लापरवाहीले २० वर्षीय सुशिलको अकालमै मृत्यु

काठमाडौँ – काभ्रेमा प्राधिकरणको लापरवाहीले गर्दा एक युवकको ज्यान गएको छ । पनौति नगरपालिका वडा २ कुशादेवमा बत्ती बनाउन जाँदा २० वर्षीय सुशिल घिमिरेको करेण्ट लागेर मृत्यु भएको हो । पुरै बोलखे गाँउमानै बत्ती गएपछि पनौति नगरपालिका वडा ३ कुशादेवी बस्ने घिमिरे बत्ती बनाउन त्यहाँ गएका थिए । बुधबार साँझ स्थानीयले बनेपा विद्युत् प्राधिकरणलाई पहिले नै बत्ती काट्न जानकारी गराइसकेको थियो । प्राधिकरणलाई जानकारी गराएर ट्रान्समिटरमा बत्ती बनाउन गए पनि बिना सूचना विद्युत् प्रवाह गर्दा साँझ ६ बजे उनको मृत्यु भएको थियो । मृतक घिमिरे वाइरिङको काम गर्दै आएका थिए । अहिले बनेपा प्राधिकरणको स्थिति तनावग्रस्त बनेको छ । स्थानीयले प्राधिकरणमा धर्ना दिइरहेका छन् । उनीहरुले दोषीलाई कारवाही गरी मृतकको परिवारले न्याय पाउनु पर्ने माग गरेका छन् । प्रहरीले प्राधिरणका कर्मचारी हरि हुमागाई र गणेश बञ्जारलाई हिरासतमा राखेको छ । स्थानीयले लाईन नखोल्न आग्रह गर्दा पनि लाईन खोल्देको भन्दै उनीहरुलाई हिरासतमा लिएको हो । उनीहरुलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क