इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रिन्सिपल माथि यौन दुर्व्यवहारको आरोप: संवेदनशील अंगमा छुने छाम्ने गरेको पीडितको गुनासो

लमजुङ । पूर्वी लमजुङको राईनास नगरपालिकास्थित एक प्राविधिक शिक्षालयका प्रमुखले विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको खुलेको छ । राईनास–८, कुसुन्डे चौरस्थित राईनास बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल ईश्वरी देवकोटाले सोही शिक्षालयमा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार भएको खुलासा भएको हो । करिब दुई वर्ष अघि सो शिक्षालयमा आबद्ध प्रिन्सिपल देवकोटाले विगत लामो समयदेखि विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरे पनि सो विषय हालसालै मात्र बाहिर सार्वजनिक भएको हो । प्रिन्सिपल देवकोटाले अध्ययनरत छात्राहरूलाई फेसबुक प्यासेन्जर प्रयोग गरी अनावश्यक कुरा गर्ने, भेटिएको बेला छात्राहरूको संवेदनशील अंगमा छुने छाम्ने जस्ता क्रियाकलाप गरेको पीडित छात्राको आरोप छ । उनले शिक्षालयको छात्रावासमा बस्ने विद्यार्थी र बाहिर बस्ने विद्यार्थीलाई पनि सोही प्रकारको व्यवहार गर्दै आएको पीडित विद्यार्थीको गुनासो छ । रातिको समयमा छात्रा होस्टेलमा जाने, खाना पकाउनु भन्ने, छात्राहरूको कोठामा सुत्ने प्रयास गर्ने जस्ता क्रियाकलाप हुन थालेपछि पीडित विद्यार्थीले हारगुहार माग्न थालेका हुन् । प्रिन्सिपल देवकोटाले रातिको समयमा छात्रालाई फोन गर्ने, तिम्रो कोठामा आउँछु भन्ने गरेको एक पीडित विद्यार्थीले बताइन् । पीडित विद्यार्थीका अनुसार सुरु सुरुमा बुबा समानको सर मानेर कुरा गर्ने गरे पनि पछिल्लो समय प्रिन्सिपलको नियत खराब बुझिएपछि कुरा गर्न तथा भेटेको बेला पनि बोल्न छोडेको उनले बताइन् । पछिल्लो समय एक विद्यार्थीले आफूलाई परेको समस्या बारे साथी र अन्य शिक्षक शिक्षिकालाई सुनाएपछि अन्य विद्यार्थीले पनि आफूलाई प्रिन्सिपलले त्यस्तै दुःख दिने गरेका बताएका हुन् । पीडित विद्यार्थीहरूले न्याय माग्न खोज्दा उल्टै प्रिन्सिपलले तिमीहरूको भविष्य मेरो हातमा छ भन्दै धम्की दिएको पीडित विद्यार्थीको भनाई छ । शिक्षालयमा प्रिन्सिपलको यौन दुर्व्यवहारबाट पीडित मध्ये अधिकांश छात्राहरू अन्य जिल्लाका रहेका छन् । विशेष गरी कर्णाली प्रदेशअन्तर्गत विभिन्न जिल्लाबाट प्राविधिक शिक्षा अध्ययनका लागि आएका विद्यार्थीहरूले आफू पढ्ने विद्यालयको प्रिन्सिपलबाटै पीडित भए पनि अभिभावक विहीन हुँदा खुलेर न्याय माग्न नसकेको गुनासो गरेका छन् । घटना सार्वजनिक भए पनि सो विषयमा सम्बन्धित निकायमा भने कुनै उजुरी परेको छैन । घटनाको विषयमा सम्बन्धित व्यक्तिबाट उजुरी नआएसम्म कुनै काम कारबाही गर्न नसकिने लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीको भनाई छ । आरोपित प्रिन्सिपल देवकोटाले भने आफूलाई नियोजित रूपमा फसाउन षडयन्त्र गरिएको दाबी गरेका छन् । पछिल्लो समय घटनाको विषयमा जिल्लाका मानवअधिकारकर्मीहरूले चासो दिएको बुझिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क