इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रेम आलेलाई धक्का लाग्ने गरी सर्वोच्चको आदेश !

काठमाडौं । निवर्तमान पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई एकपछि अर्को धक्का लाग्न थालेको छ । उनको पालामा भएका मन्त्रालयका कतिपय निर्णयहरु उल्टन थालेका छन् । सर्वोच्च अदचलतले आजै नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै अधिकारीमाथिको निलम्बनको आदेश अन्तरिम कालका लागि फुकुवा भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो । जसमा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भनिएको छ । ११ कात्तिक २०७९ मा अधिकारी ४ वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त भएका थिए । उनलाई आलेले निलम्बन गर्ने कदम चालेका थिए । उनले दिपराज ज्वारचनलाई महाप्रबन्धकको रुपमा कामकाज गर्ने गरी अस्थायी नियुक्ति दिने गरी सरकारबाट निर्णय गराएका थिए । सर्वोच्चले उक्त निर्णय समेत कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको छ ।-File Photo

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क