इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्रेस काउन्सिल नेपालको अनुगमन टोली हेटौँडामा, मिडिया अवस्था र चुनौतीबारे चासो

हेटौँडा | मिडिया अनुगमनको सिलसिलामा प्रेस काउन्सिल नेपालको एक टोली शुक्रबार बागमती प्रदेशको राजधानी हेटौँडा आइपुगेको छ। मिडियाको समसामयिक अवस्था, आचारसंहिता कार्यान्वयन, चुनौती र नियमनको पक्षमा स्थलगत अध्ययनका लागि टोलीले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा स्थानीय मिडियाकर्मीहरूसँग छलफल गरेको हो।

छलफलका क्रममा प्रेस काउन्सिल नेपालको आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले देशभर न्यु मिडियाको संख्या दिनप्रतिदिन बढेसंगै आचारसंहिता उल्लङ्घनको दर पनि बढेको  बताए । उनले भने, "देशभर मिडियाको संख्या दिनप्रतिदिन बढ्दो छ, तर आचारसंहिताको पालनामा चुनौती पनि त्यत्तिकै बढिरहेको छ। विशेषतः न्यूमिडिया (डिजिटल प्लेटफर्महरू) तर्फ आचारसंहिता उल्लङ्घनको दर बढी देखिएको छ।"

उनका अनुसार हालसम्म काउन्सिलमा ४६ सयभन्दा बढी अनलाइन न्युज पोर्टल दर्ता भइसकेका छन्। आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालमा ४ हजार ६३२ वटा अनलाइन मिडिया, ८ हजार १० पत्रपत्रिका, १ हजार १९३ रेडियो र २४६ टेलिभिजन सञ्चारमाध्यमहरू दर्ता भइसकेका छन्।

प्रेस पास लिने पत्रकारको संख्या ३३ हजार ९२८ रहेको काउन्सिलले जानकारी दिएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म प्रेस काउन्सिलमा २४६ वटा उजुरी दर्ता भएका छन्, जुन ३४६ वटा सञ्चारमाध्यमविरुद्ध परेको सिंहले जनाकारी दिए । काउन्सिलले २९८ वटा सञ्चारमाध्यमलाई स्वअनुगमनको आधारमा कारबाहीसमेत गरिसकेको छ भने ११ वटा मिडियालाई अवज्ञाकारी ठहर गर्दै कालोसूचीमा राखिएको प्रमुख सिंहले बताए । उनका अनुसार नेपालभित्र प्रसारण नगर्न सिफारिस गरिएका मिडियाको संख्या २ वटा रहेको छ ।

 कार्यक्रममा बोल्दै सिंहले काउन्सिलबाट हुने पत्राचारलाई सहज रुपमा लिन आग्रह गरे। उनले भने, “हामी कसैलाई ठुलो वा सानो भन्ने दृष्टिकोण राख्दैनौं। कानुन, कार्यविधि र आचारसंहिता सबैका लागि समान छन्। मिडियालाई अझ प्रभावकारी, व्यवस्थित र विश्वसनीय बनाउने दिशामा हामीले निरन्तर काम गरिरहेका छौं।”

छलफलमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले हालको अवस्था मिडियाका लागि चुनौतीपूर्ण  रहेको बताए ।  उनले एकातिर आर्थिक संकट, अर्कोतर्फ नागरिकको विश्वास गुमाउँदै गएको अवस्था रहेकाले  मिडियाले सूचना प्रवाह मात्र होइन, जनताको विश्वाससमेत निर्माण गर्नुपर्नेमा जोड दिनुपर्ने बताए ।

अनुगमनका क्रममा सिंहले जिल्लास्तरीय मिडियाको अवस्थाबारे पनि जानकारी दिएका थिए। उनले जिल्ला प्रसासन कार्यालय मकवानपुरलाई उद्रित गर्दै जिल्लामा हालसम्म १५१ वटा मिडिया दर्ता भएको बताउदै तीमध्ये २१ वटा सञ्चारमाध्यम मात्रै जिल्लाबाट वर्गीकरण प्रक्रियामा सहभागी भएको जानकारी दिए  ।

उनले अनुगमन र वर्गीकरण नियमित रुपमा हुनु आवश्यक रहेको बताए । काउन्सिलले सामाजिक सञ्जालमार्फत सञ्चालित युट्युब, फेसबुक र टिकटक जस्ता प्लेटफर्महरूलाई समेत अनुगमन दायरा भित्र ल्याइसकेको भएपनी न्यूमिडिया सम्बन्धी विशेष कानुन नहुनु अझै पनि ठूलो समस्या रहेको बताए ।

अनुगमन टोलीमा काउन्सिलका प्रसासन सहायक मदनकृष्ण सिलवालको समेत उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क