इन्फो नेपाल — सञ्चारको सञ्जाल

प्लाष्टिकका झोला बोक्नेलाई १ लाखसम्म जरिवाना

सरकारले ४० माइक्रोनभन्दा मुनिका प्लास्टिक झोलामा बुधबारदेखि प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले प्लाष्टिकजन्य वस्तुबाट हुने वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, पैठारी, बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । विभागले प्लाष्टिक झोला प्रतिबन्ध नीति र निर्णयलाई आगामी दिनमा थप कडाइका साथ लागू गर्ने तयारी गरेको छ । विभागका अनुसार यस्तो उत्पादन, पैठारी, बिक्री, वितरण र उपयोगको अवस्थाको अनुगमन गरी उल्लंघन गरेको पाइएमा कारबाही गरिने छ । भदौ १ गतेदेखि सरकारको निर्णयविपरीत काम गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही गरिने छ । यसअघि सरकारले २०७४ असोज १९ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, पैठारी, बिक्री वितरण र प्रयोगमा रोक लगाएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क