इन्फो नेपाल — सञ्चारको सञ्जाल

फाइनलमा प्रशिक्षक अलमुताइरी र अन्जन विष्टलाई प्रति'बन्ध

काठमाडौं । नेपाली फुटबल टोलीले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिप फाइनल खेल्दै छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो । उपाधिको लागि आज राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा नेपाल र भारत भिड्दै छन् । ऐतिहासिक खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र फरवार्ड अन्जन विष्टले भने नरहने भएका छन् । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अलमुताइरी र फरवार्ड विष्टलाई प्रतिबन्ध लगाएको हो ।बंगलादेशविरुद्धको खेल पछि प्रशिक्षक अलमुताइरीले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । तर, त्यसको एकदिनपछि उनलाई साफले प्रतिबन्ध लगाएको छ । प्रतियोगितामा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका विष्टले पनि दुई पहेँलो कार्ड खाएपछि फाइनल खेल गुमाउने भएका हुन् । उनले भारतविरुद्ध खेल र बंगलादेशविरुद्ध खेलमा पहेंलो कार्ड पाएका थिए ।भारतीय प्रशिक्षक स्टिमेकले पनि फाइनल खेल गुमाउने भएका छन् । उनले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनले फाइन खेल गुमाउने भएका हुन् । अब स्टिमाच र अलमुताइरी दुवैले खेल दौरान बेन्च मात्र होइन, टोलीको ड्रेसिङ रुममा पनि जान पाउने छैनन् । एक प्रकारले दुवै दर्शक हुनेछन् ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क