इन्फो नेपाल — सञ्चारको सञ्जाल

फाल्गुन ४ देखि पदमपोखरीमा सांस्कृतिक महोत्सव हुने

हेटौँडा |  हेटौंडा उपमहानगरपालिका वडा नं. १३, पदमपोखरीस्थित लोकतान्त्रिक चोकमा पहिलो पटक सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल समारोह समितिले आउँदो फाल्गुन ४, ५, र ६ गते तीन दिने महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो।

"संस्कार, संस्कृति, कला र साहित्यको जगेर्ना गरौं, स्थानीय व्यापार र कृषि उपज उत्पादनलाई प्रवर्द्धन गरौं" भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको महोत्सव समारोह समितिका संयोजक रञ्जु गोम्जाले जानकारी दिईन् । पदमपोखरीको पहिचानलाई प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ थियो ।

वडा अध्यक्ष पेम्बा लामाका अनुसार महोत्सवले स्थानीय व्यापार, कृषि उत्पादन र बजारीकरणको अवधारणालाई विकास गर्दै वडावासीको आर्थिक स्थितिलाई उकास्न मद्दत गर्नेछ। महोत्सवमा स्थानीय परम्परागत उपभोग्य कृषि उपज, आधुनिक सीपयुक्त उत्पादन, बाँसजन्य सामग्री, तथा विभिन्न परिकारका खानाका ८० वटा स्टल रहने छन्। साथै, मदिराजन्य पदार्थको बिक्रीमा विशेष रोक लगाइने आयोजकले जनाएको छ।

महोत्सवमा नेपालका मौलिकता झल्काउने राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। कलाकार संयोजक धिरेन लोप्चनका अनुसार रोज मोक्तान, प्रीति आले, टिका बोम्जन, प्रकाश तितुङ, साम्तेन मोक्तान, विक्रम लुङ्वा लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरूले संस्कृति झल्काउने नृत्य प्रस्तुति गर्नेछन्।

महोत्सव सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। हेटौंडा उपमहानगरपालिकाका अन्य १८ वडाबाट दर्शकहरू महोत्सव अवलोकन गर्न आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क