इन्फो नेपाल — सञ्चारको सञ्जाल

चुनावपछि प्रधानमन्त्री बन्ने प्रचण्डको इच्छा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि प्रधानमन्त्री हुने इच्छा देखाएका छन् । शुक्रबार नेपाल पर्वतारोहण संघको कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिना बित्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । अर्को पटक देशको नेतृत्व गर्ने मौका पाउने हो भने देखा परेका विसंगतीहरुमाथि प्रहार गर्दै देशलाई नयाँ युगमा लैजानुपर्छ भन्ने सपना छ ।’ प्रधानमन्त्रीमा प्रचण्डको दाबी यो समयमा आएको छ, जतिबेला उनको दल गठबन्धनका लागि तानातानको अवस्थामा छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, माओवादी केन्द्रलाई आफ्नै गठबन्धनमा राखेर चुनाव लड्न चाहन्छ भने प्रमुख विपक्षी नेकपा एमालेले पनि गठबन्धन गर्नै परे माओवादी केन्द्रसँगै गर्न चाहन्छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रलाई साथमै राखेर चुनावमा जान चाहन्छन् । यदि कांग्रेसले गठबन्धन नगर्ने हो भने २०७४ मा झै एमालेतिर जाने र चुनावी परिणाम प्रतिकुल हुने देउवाको विश्लेषण छ । स्थानीय निर्वाचनका बेला एक्लै लड्नुपर्छ भन्ने मत राख्ने कांग्रेस नेताहरु पनि अहिले गठबन्धनको पक्षमा छन् । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘अब कम्तिमा एउटा चुनाव गठबन्धन आवश्यकता भइसक्यो ।’ पाँच दलीय गठबन्धन कायमै रहे चुनावी परिणाम आफ्नो अनुकुल नहुने प्रमुख प्रतिपक्षी एमालेले पनि राम्ररी बुझेको छ । त्यसैले एमालेमा पनि माओवादी केन्द्रसँग तालमेल गरेर चुनावमा जानुपर्छ भन्ने आवाज बलियो बन्दै गएको छ । एमालेका दोस्रो तहका नेताहरुले वाम गठबन्धनको पक्षमा रहेका माओवादी नेताहरुसँग सम्वाद गरेका छन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म सार्वजनिक रुपमा वाम गठबन्धनबारे केही बोलेका छैनन् । वाम गठबन्धनको पक्षमा रहेका राष्ट्रियसभा सदस्यहरु ओलीको धारणा बुझ्न बिहीबार बालकोट पुगेका थिए । तर ओलीले एक्लै चुनाव लड्ने गरी तयारी गर्न निर्देशन दिएर पठाएका छन् । यद्यपि २०७४ मा झै आकस्मिक निर्णय हुनसक्ने सम्भावनालाई नकार्न नसकिने भेटमा सहभागी एक सांसद बताउँछन् । एमालेका एक पदाधिकारीका अनुसार ओली र उनको कोर टिम अझै वाम गठबन्धन नगरी हुन्न भन्ने निष्कर्षमा पुगेको छैन । त्यो नहुँदासम्म गठबन्धन हुँदैन । भन्छन्, ‘हिजो पनि जेसुकै कारणले होस्, ओली र प्रचण्ड सहमत भएर गठबन्धन भएको हो । अहिले पनि उनीहरु तयार नहुँदासम्म गठबन्धन सम्भव छैन ।’

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क