इन्फो नेपाल — सञ्चारको सञ्जाल

फोहोर नफाली फर्किए टिपरहरू

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न बञ्चरेडाँडा पुगेका टिपरहरू फोहोर नफाली फर्किएका छन् । बुधबार बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फोहोर नफाली टिपरहरू काठमाडौंतर्फ नै फर्किएका हुन् । करिब डेढ सय टिपर फोहोर विसर्जन नगरी काठमाडौं फर्किएको बताइएको छ । सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो । उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो । तर, स्थानीयले बुधबार अवरोध गरेपछि प्रहरी नै त्यहाँ पुगेर फोहोर व्यवस्थापन गर्न अघि खटिएको थियो । तर, स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले बाध्य भएर अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । यद्यपि, बन्चरेडाँडाका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित विरोध जारी राखेपछि काठमाडौंको फोहोर विसर्जन हुन सकेन ।

सम्बन्धित समाचार

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, छठ मनाउन पठाएका श्रीमती, छोरी र भाइहरू फर्किएनन्

हेटौँडा । छठ पर्व मनाउन सर्लाहीस्थित घर जाने सबै तयारी पूरा भइसकेको थियो। कपडा र पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए। बुधबार राति करिब १ बजे उठेर अवधेश यादवले श्रीमती पुन…

बसन्त भण्डारी

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते