इन्फो नेपाल — सञ्चारको सञ्जाल

बंगलादेशविरुद्ध नेपालको सहज जीत

काठमाडौं । अञ्जन बिष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गरेपछि नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलवार ३–१ को सुखद् नतिजा निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार भएको खेलमा नेपालले पहिलो हाफमा गरेको गोलबाट सुखद् नतिजा निकाल्न सफल भएको हो । पहिलो हाफमा लिएको ३–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा एक गोल खाएको थियो । नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक पूरा गर्दा बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काउँदै अन्तर घटाएका थिए । पूर्व प्रशिक्षकको टिमबाट निकालिएका खेलाडी मध्येबाट ९ खेलाडी शुरुवाती रोजाईमा परेका थिए । १८ औं मिनेटमा अञ्जनले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएका थिए । आफैँलाई लडाएपछि प्राप्त फ्रिकिकमा विमल घर्ती मगरको फ्रिकिकलाई अन्जनले हेडरमार्फत जाली चुमाएका थिए । २७ औं मिनेटमा अञ्जनले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा अञ्जनले सहजै गोलमा परिणत गरेका थिए । ३८ औं मिनेटमा अञ्जन बिष्टले ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भएको थियो । विशाल राईको फ्रिकिकलाई अञ्जनले हेडमार्फत गोल गर्न सफल भएका थिए । बंगलादेशबिरुद्ध ह्याट्रिक पूरा गरेपछि अञ्जन राष्ट्रिय टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन् भने ह्याट्रिक पूरा गर्ने छैटौं खेलाडी पनि बनेका छन् । अञ्जन बिष्ट म्यान अफ दि म्याच चुनिए । अनिल गुरुङ र भरत खवाससले पनि समान १० गोल गरेका छन् । राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको कीर्तिमान निराजन रायमाझी र हरि खड्काको नाममा रहेको छ । उनीहरुले संयुक्त रुपमा १३ गोल गरेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । नेपालबाट पछिल्लोपटक नवयुग श्रेष्ठले सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सलाई ४–१ ले पराजित गर्दा नवयुगले ह्याट्रिक पूरा गरेका थिए । यस अघि दबाब दिएर खेलेको नेपालले पहिलो हाफमा १४ औं मिनेटमा अवसर निकालेको थियो । विशाल राईको झन्डै ३५ यार्ड टाढाको फ्रिकिक पोस्ट नजिकैबाट थोरै बाहिरिँदा नेपाल अग्रता लिन बाट चुकेको थियो । १७ औं मिनेटमा कप्तान जमल भुयानको पेनाल्टी बक्स बाहिरको फ्रिकिक क्रसबारमा लाग्दै बाहिरिदा बंगलादेश अग्रता लिनबाट वञ्चित भएको थियो । पहिलो हाफमा पछि परेको बंगलादेशले ५५ औं मिनेटमा सजजत हुसेनको गोलबाट अग्रता छोट्याए पनि बाँकी समयमा थप गोल हुन सकेन र खेल नेपालको पक्षमा प¥यो । अग्रता घटाउने क्रममा रकिव हुसेनको क्रस सेसेहाङ आङ्देम्वेलाई डिफ्लेक्ट हुँदा कप्तान तथा गोलरक्षक किरण झुक्किन पुग्दा अनमार्क रहेका साजजाद हुसेनले हेडरमार्फत जाली चुमाएका थिए । यो जितसँगै नेपाल पछिल्लो पाँच खेलमा बंगलादेशसँग अपराजित यात्रालाई निरन्तरता दिएको छ । नेपाल र बंगलादेशबीच हालसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । नेपाल ८ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ । पछिल्लो पाँच खेलमध्ये नेपालले पछिल्लोपटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो । त्यसअघि नेपालमै भएको थ्री नेसन्स कपमा बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो । थ्री नेसन्स कपकै लिग चरणमा गोलरहित बराबरी र त्यो भन्दा अघि बंगलादेशमा भएको पहिलो मैत्रीपूर्ण खेल २–० ले गुमाएको नेपालले त्यसपछि गोलरहित बराबरी खेलेको थियो ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क