मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकामा जारी पाँचौं संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सिनियरतर्फ वडा नम्बर ५ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ४ लाई ट्राइब्रेकरमा ४-३ गोलले हराउँदै वडा नम्बर ५ फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच ५ नम्बरका गोलरक्षक सुजन लामा घोषित भए । फाइनल प्रवेश गरेको ५ नम्बरले उपाधीका लागि वडा नम्बर ३ र ९ बीचको विजेतासँग खेल्नेछ । ३ नम्बर र ९ नम्बरबीचको दोस्रो सेमिफाइनल खेल शनिबार हुँदैछ ।
जुनियरतर्फ यसअघि वडा नम्बर १२ लाई पराजित गर्दै ११ नम्बर फाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ । प्रतियोगिताको उपाधी विजेता सिनियर र जुनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…
मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…