इन्फो नेपाल — सञ्चारको सञ्जाल

बझाङका भूकम्पपीडितले एक महिनासम्म पनि पाएनन् राहत

बझाङ । बझाङका भूकम्पपीडित महिना दिनदेखि त्रिपालमा बसिरहेका छन् । चिसो बढेसँगै उनीहरूको दैनिकी कष्टकर बनेको छ । भूकम्प गएको चौथो दिन तामझामसहित बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल राहत उपलब्ध गराउने घोषणा गरेका थिए । तर त्यो अहिलेसम्म पूरा भएको छैन । यहाँका भूकम्पपीडित महिना दिनसम्म पनि राहत नपाउँदा निराश छन् । क्षमता हुनेले टिनको टहरा बनाएर सरिसके पनि १२ परिवार अहिले पनि पालमै बसिरहेका छन् । उनीहरूलाई नागरिक आवाज भन्ने संस्थाले बिहान र साँझको खाना खुवाउने गरेको छ । पालमा बसेकालाई झाडापखाला, रुघाखोकी, दम, ढाड कम्मर दुख्ने, बच्चाहरूलाई निमोनिया, टाइफाइडजस्ता समस्या रहेको थलारा स्वास्थ्य चौकीका अहेब गौरीशंकर जोशीले बताए । असोज दोस्रो साता गएको भूकम्पका कारण बझाङका १२ हजार घरमा क्षति पुगेको थियो । बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर असोज १६ गते दिउँसो गएको ६.३ म्याग्निच्यूडको भूकम्प र त्यसपछि लगातारका परकम्पले सबैभन्दा बढी क्षति थलारा गाउँपालिकामा भएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क