इन्फो नेपाल — सञ्चारको सञ्जाल

बढ्यो पेट्रोल–डिजेलको भाउ: तपाईंको ठाउँमा कति पर्छ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगम ले सोमबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रुपैयाँ बढाएको जनाएको छ। खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।

निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य भारतीय आयल कर्पोरेसनको मूल्यसूचीका आधारमा तय गरिएको हो। आइओसीले पठाएको सूचीमा पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५१ पैसा र डिजेलमा ५ रुपैयाँ २ पैसा वृद्धि देखिएको निगमले जनाएको छ।

तीन वर्गमा फरक मूल्य

निगमले देशभरलाई तीन वर्गमा विभाजन गरेर मूल्य निर्धारण गरेको छ।

पहिलो वर्ग (चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी): पेट्रोल १५४ रुपैयाँ ५० पैसा, डिजेल/मट्टीतेल १३९ रुपैयाँ ५० पैसा प्रतिलिटर।

दोस्रो वर्ग (सुर्खेत, दाङ): पेट्रोल १५६ रुपैयाँ, डिजेल/मट्टीतेल १४१ रुपैयाँ प्रतिलिटर।

तेस्रो वर्ग (काठमाडौं, पोखरा, दिपायल): पेट्रोल १५७ रुपैयाँ, डिजेल/मट्टीतेल १४२ रुपैयाँ प्रतिलिटर।

मूल्य कसरी तय हुन्छ?

निगमले अन्तर्राष्ट्रिय बजारबाट सिधै कच्चा तेल खरिद गर्दैन। आवश्यक सबै प्रशोधित पेट्रोलियम पदार्थ आइओसीबाट किन्ने गरेको छ। आइओसीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको लागत, प्रशोधन शुल्क र अन्य खर्च जोडेर नेपालका लागि बिक्री मूल्य पठाउँछ।

त्यसपछि आयात गर्दा तिर्नुपर्ने भन्सार, कर तथा महसुल, ढुवानी खर्च, प्रशासनिक लागत र डिलर कमिसन जोडेर निगमले उपभोक्ता मूल्य तय गर्छ।

यसरी हेर्दा पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा सबैभन्दा ठूलो प्रभाव अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको दामले पार्ने गर्छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क