इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोतीराम भट्टको १५७ औँ जन्म जयन्तीको अवसरमा गजल महाफिल सम्पन्न

सुनसरी / बराहक्षेत्र नगरपालिकामा पूर्वेली साहित्यिक मञ्चद्वारा पुर्बेली महाफिल कार्यक्रम नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५७ औँ जन्म जयन्तीका अवसरमा कार्यक्रम सम्पन्न भएको छ । शनिबार चक्रघट्टीमा रहेको सूर्य फेमली पार्टी प्यालेसमा भएको कार्यक्रममा लोकप्रिय गजलकारहरु लोकेन्द्र बन्जरा, रोमु अधिकारी, चन्द्र थपलियाले गजल बाचन गरेर सुनाएका थिय । कवि तथा कथाकार प्राज्ञ बिबस पोखरेलको प्रमुख आथित्यता भएको हो । सो कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रोशन खड्का, वडा नम्बर ५ का वडा अध्यक्ष रोहित काफ्ले लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि ,साहित्यकार ,सर्जक तथा गजलकारहरूको कार्यक्रममा उपस्थिति रहेको थियो । बराहक्षेत्र नगरपालिकालाई केन्द्रमा राखेर स्थापना भएको यस संस्थाले साहित्यकारहरुको स्मृतिमा विभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना गर्दै आएको र पूर्बेली साहित्यिक मंचले साहित्यिक सर्जकहरुको स्मृतिमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । नेपाली साहित्यका युवाकवि मोतिराम भट्टको स्मृतिको अवसरमा साहित्यिक ब्यक्तिहरुलाई एकै ठाउँमा जोडदै पूर्बेली महाफिल कार्यक्रम आयोजना गरिएको पूर्बेली साहित्यिक मंचका अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता