इन्फो नेपाल — सञ्चारको सञ्जाल

बराहक्षेत्रमा मामाले भान्जीलाई ब'लात्कार गरेको आरोपमा पक्राउ

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकामा मामाले भान्जीलाई ब'लात्कार गरेको आरोपमा मामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नातामा भान्जी पर्ने एक बालिकालाई बलात्कार गरेको आरोपमा बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० घर भएका दर्नाल थरका १९ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । आरोपी दर्नालले गत माघ २३ गते राति किशोरीलाई ललाई फकाई गरी आफ्नो घरमा लगेर करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ । बालिकाकी आमाले दर्नालविरुद्ध जाहेरी दिएसँगै उनलाई पक्राउ गरिएको हो । उनलाई गत माघ २६ गते सप्तरीको कञ्चनपुरबाट इलाका प्रहरी कार्यालय सप्तरीको सहयोगमा उनलाई माघ २६ गते पक्राउ गरेपनि प्रहरीले घटना पछि मात्रै सार्वजनिक गरेको हो । आरोपी दर्नाललाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क