इन्फो नेपाल — सञ्चारको सञ्जाल

बराहक्षेत्रमा मृत मत्ता फेला

सुनसरी — सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिका सामुदायिक वन क्षेत्रमा शुक्रबार बिहान एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । बराह क्षेत्रको कौशिका सामुदायिक वन क्षेत्रमा मृत अवस्थमा फेला परेको मत्ता हात्ती । तस्बिर सौजन्यः नडहा सब डिभिजन वन कार्यालय । अन्दाजी २५– ३० वर्षको देखिने दाह्रा निस्किएको मत्ता मृत अवस्थामा फेला परेको जानकारी स्थानीयले दिएको सब डिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले बताए । कानमा तीनवटा प्वाल रहेको र ट्याग लागेको अवस्थामा मत्ता मृत फेला परेको उनले बताए । वन कार्यालयका कर्मचारी खेमराज हाछेथुले उक्त हात्ती भारतको आसाम हुँदै पूर्वमेची नदी पार गरेर नेपाल छिरेका हुन् वा कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हो भन्ने विषयमा एकिन गर्न नसकिएको बनाए । दुर्गन्धित अवस्थामा फेला परेकाले करिब तीन चार दिनअघि नै मरेको हुन सक्ने अनुमान गरिएको छ । वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि उक्त मत्ताको पोस्टमार्टम गर्ने तयारी भइरहेको वन कार्याययले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क