धरानः धरान उपमहानगरपालिकाले भोली मंगलबार सार्वजनिक विदा दिएको छ ।
हिन्दु धर्मावलम्बीहरुको पर्व कार्तिके पूर्णिमा अर्थात बराहक्षेत्र मेलाको अवसरमा सार्वजकि विदा दिने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।
वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले एक सुचना जारी गर्दै नगर कार्यपालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, अत्यावश्यक सेवा बाहेक र विद्यालयसमेत विदा दिइएको जानकारी दिएका छन् ।
यसैगरि, धरानका कलेजहरुलाई समेत विदा दिन उपमहानगरपालिकाले अनुरोध गरेको छ । कार्तिके पुर्णिमा अर्थात बराहक्षेत्र मेलाको दिन अघिल्लो जनप्रतिनिधिहरुको पालादेखि नै सार्वजनिक विदा दिन शुरु भएको हो ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…