इन्फो नेपाल — सञ्चारको सञ्जाल

बराहक्षेत्र र झापाको गौरिगंजमा करेन्ट लागेर दुई जनाको मृत्यु

सुनसरी / छुट्टाछुट्टै ठाउँमा करेन्ट सुनसरीको बराहक्षेत्र र झापाको गौरिगंजमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-६ जब्दि बस्ने ३७ बर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । हिजो आइतबार बेलुका साढे ७ बजे घर अगाडी कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएकी श्रेष्ठको धरानको विपि कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा हिजो राती सँवा ९ बजे मृत्यु भएको थियो । त्यस्तै, झापा जिल्लाको गौरिगञ्ज गाउँपालिका-५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान सोमबार ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । बराहक्षेत्र र गौरीगंजको घटनाको भएको प अनुसन्धान भएको छ । - साङ्केतिक तस्बिर

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क