इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘बरु म साधारण सदस्य भएर चुप लागेर बस्छु, तर एमाले छोडेर कुनै पार्टीमा जान्नँ’

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफू एमाले छोडेर अब कतैपनि नजाने बताएका छन् । बरु, साधारण सदस्य भएर बस्ने तर एमाले नछोड्ने उनको भनाई छ । उनले आगामी महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्विरोध हुनपनि सक्ने र नहुन पनि सक्ने दुवै सम्भावना रहेको सुनाए । उनले भने,’एमालेको विरुद्धमा कांग्रेसलगायत पाँच दलीय गठबन्धन अगाडि बढेको छ । एमालेलाई पराजित गर्न सबै मिलेर जानुपर्छ भनेर उहाँहरुले भन्नुभएको छ । यो पनि अर्को एउटा समस्या हो। अहिले एमालेको जीवनमा एउटा विशेष खालको छुट्टै अवस्था उत्पन्न भएको छ । यसलाई समाधान गर्नको लागि सोहीअनुसार राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्छ । आगामी दिनमा एमालेलाई एकताबद्ध बनाउनुपर्छ । ओलीजीले पनि एकताबद्ध बनाउनुपर्छ ।’ उनले पार्टी पँक्तिलाई एकताबद्ध बनाउनको लागि नेतृत्वले सुझबुझका साथ कदम चाल्नुपर्ने बताए । उनले ओलीको नेतृत्वमा अघि बढ्दा पार्टीलाई फाईदा हुने विश्वास दिलाए।उनले अब नेताहरुले सबै परिस्थितिको गम्भीर रुपमा विश्लेषण र आत्मसमिक्षा गरेर अब पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषयमा नयाँ चेतनाको आधारमा अघि बढ्न नसके पार्टीलाई ठूलो क्षति हुने खतरा पनि औंल्याए । उनले आफू एमाले छोडेर कतै पनि नजाने स्पष्ट पारे । उनले आवश्यक परे महत्वपूर्ण जिम्मेवारी लिने पनि सुनाए । तर, जिम्मेवारी नै नपाएपनि साधारण सदस्य भएर बस्ने तर पार्टी नछोड्ने जिकिर गरे ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क