इन्फो नेपाल — सञ्चारको सञ्जाल

बस र मोटरसाईकल एक आपसमा ठोकियो, एकको मृत्यु

मकवानपुर: मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुदा एकको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङ तर्फ जादै गरेको बा.४ख ८७७३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा.६५प ४१७३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । ‍दुर्घनामा परि मोटरसाइकल चालक थाहा नगरपालिका बस्ने ३० बर्षिय मनोज गमालको टाउको र शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाईते भएका थिए । उनको उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौं लगेकोमा उपचारको क्रममा गमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल पछाडी सवार ४८ बर्षीय शम्भु गमाल पनि घाईते भएका छन् । उनको मनमोहन अस्पताल काठमाण्डौ उपचार भईरहेको प्रहरीले जनाएको छ । बस र बस चालकलाई इलाका प्रहरी कार्यालय पालुङकले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क