इन्फो नेपाल — सञ्चारको सञ्जाल

बहुमत ल्याएर केपी ओलीलाई फेरि प्रधानमन्त्री बनाउने विशाल भट्टाराईको दाबी

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टाराईले संघीय चुनावमा नेकपा एमालेले बहुमत ल्याउने र केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनाउने दाबी गरेका छन् । केपी शर्मा ओलीको पार्टी अध्यक्षको रुपमा यो नै अन्तिम कार्यकाल भएको र एघारौं महाधिवेशनपछि नेकपा एमाले पार्टीको नेतृत्व नयाँ युवा पुस्ताहरु आउँने उनले बताए । ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा पत्रकार प्रकाश गिरीसँगको कुराकानीमा उनले भने– ‘उहाँ बन्नु हुन्, उहाँँ बन्न ईच्छुक हुनुहुन्न । अब ढुक्कको साथ म भन्न सक्छु । अब त्यो बन्नुपर्छ भन्ने पक्षमा हामी नै हुदैनौ । उहाँलाई हामीले नेता मानेका छौं । सधै भरी मानेका छौं । उहाँ बस्नु नि हुन्न । उहाँको इच्छाले राखेको हो । हामीले ७० वर्ष उहाँँको अन्तिम कार्यकाल हो र यो चुवानपछि बहुमतको सरकार बनाएर हामी प्रधानमन्त्री बनाउछौं । उहाँले मज्जाले काम गर्नु हुन्छ । देश बनाउने उहाँलाई धेरै हुट–हुटि छ । दुष्टिकोण छ, भिजन छ र काम गर्ने इच्छा शक्ति छ । त्यसकारणले गर्दा त्यो ठाउँमा उहाँलाई हामी पु¥याउछौं । पार्टी नेतृत्वको हकमा नँया पुस्तामा जान्छ नेकपा एमाले । आगमी एघारौं राष्ट्रिय माधिवेशनबाट हामी जसरी ७० वर्ष अहिले लागु भा छ, त्यसलाई लागु गछौं र युवा पुस्तामा नेतृत्व हुन्छ । कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउन नसक्ने उनले ‘वामदेव गौतम’ खोलेको पार्टी ‘बिजनेस’ गर्नको लागि खोलिएको र उनले गर्दा नै कम्युनिष्ट पार्टी फुटेको दाबी गरेका छन् । नेकपा एमालेले ७४ सालको चुनावपछि धोका पाएकोले यो व्यवस्थामा कुनै दलसँग चुनावमा तालमेत नगरी आफ्नै खुट्टामा उभिएर कसैको बैशाखी नटेकी चुनावमा एक्लै जाने र बहुमत ल्याएर नेपालको राष्ट्रिय राजनीतिमा बलियो पार्टीको रुपमा स्थापीत हुने बताए । प्रचण्डले पार्टी भित्र भएका सबैलाई दास बनाएर दुःख दिने भएकोले गर्दा उनीसँग कोही मान्छे पनि टिक्न नसक्ने र प्रचण्डले एमालेमा बिउ रोपेको छु भन्नु एमाले पार्टी भित्र खेल्न खोजेको र विवाद मच्चाएको छु भन्न खोजेको तर आफुहरुले बिरुवा नै उखेलेर ल्याएको र एकजना पनि आफ्नो कार्यकर्ताहरु माओवादीमा नभएको उनले बताए । प्रचण्डको उदेश्य भनेको नेपालको बलियो वाम पन्थीलाई कमजोर पारेर समाप्त गर्ने भएको र सत्ताको लागि नेपाली कांग्रेसको बैशाखी टेकेर हिडेको बताएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क