इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमतीमा बाख्रालाई पिपिआर खोप लगाउन सुरु

हेटौँडा | बागमती गाउँपालिकामा बाख्रारभेडामा लाग्ने पिपिआर रोगविरुद्धको सप्ताहव्यापी खोप कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा बिहीबार वडा नम्बर ५ बाट खोप अभियान सुरु भएको हो ।

गाउँपालिकाको पशु शाखाका प्राविधिक राजेन्द्र गोलेका अनुसार ७ दिनसम्म चल्ने अभियानमा गाउँपालिकाभित्र २५ हजार खोप लगाउने लक्ष्य छ । यसका लागि ६ जना भ्याक्सिनेटर नियुक्त गरिएको उहाँले बताउनुभयो । गत वर्ष पालिकाभित्र २० हजार बाख्रामा खोप लगाएको थियो।

प्रदेश सरकारको कार्यक्रम अन्तर्गत खोप लगाउन सुरु गरिएको हो । यसका लागि जिल्ला पशु सेवा कार्यालयले प्राविधिक सहयोग गरेको छ। पिपिआर खोपले बाख्रालाई रोगबाट जोगिने पशु प्राविधिक गोलेले बताउनुभयो ।

पशु पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगत छेर्ने लगायतका लक्षण देखिन्छ। यो लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु हुने गरेको छ। खोप अभियानमा सबै बाख्रा पालक कृषकहरुले आफ्नो बाख्राहरु लाई खोप लगाउन आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…

इन्फो नेपाल संवाददाता

मकवानपुरका ९ पालिकाको बजेट ८ अर्ब ९० करोड बढी, जोड पूर्वाधारमै

हेटौँडा । मकवानपुरका १० स्थानीय तहमध्ये ९ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । हालसम्म सार्वजनिक भएका ९ पालिकाको कुल बजेट ८…

बसन्त भण्डारी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

३ वर्षमा सुधार, तर समान छैन शिक्षा

हेटौँडा । मकवानपुरको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पछिल्लो तीन वर्षको तथ्यांकले शिक्षा क्षेत्रमा सुधारको संकेत दिएको छ। तर यही सुधारको सतहभित्र असमानता, क्षेत्रगत विभाजन र विद्…

बसन्त भण्डारी