इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती प्रदेशमा ठूलो वर्षाको सम्भावना, अन्य प्रदेशमा?

काठमाडौं | मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनी वायुको प्रभावका कारण देशभर साधारणतया बदली रहेको छ।

बागमती प्रदेशमा दिउँसो केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। राति आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ।

अन्य प्रदेशहरूमा पनि वर्षाको सम्भावना देखिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशमा दिउँसो केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने बताइएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेषगरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा राति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहने र धेरैजसो स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

मौसम विभागको यो पूर्वानुमानले बागमती प्रदेशमा विशेष सतर्कता अपनाउनुपर्ने देखाएको छ ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

कोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आ…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क