इन्फो नेपाल — सञ्चारको सञ्जाल

बागमती र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं | बागमती र लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान गरिएको छ। दुवै प्रदेशका प्रमुखहरूले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेका हुन्।

बागमती प्रदेशमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ ५ बजेसम्म सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका छन्। मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको राजीनामापछि यो प्रक्रिया सुरु भएको हो। कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्, जसलाई नेकपा एमालेको समर्थन रहेको छ।

लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख अमिक शेरचनले सोमबार अपरान्ह ६:३० बजेसम्म सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका छन्। यहाँ मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। केन्द्रमा कांग्रेस-एमाले बीचको सहमति अनुसार लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ।

दुवै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै राजनीतिक गतिविधिहरू तीव्र बनेका छन्।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क